onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

मन जितेको युवा क्रीकेट टोली स्वदेश फिर्ता ( भिडियो तथा फोटो फिचरसहित )

बैशाख ६ , अनलाईन खेलखबर ।। अर्को बर्ष दक्षिण अफ्रिकामा हुने यु -१९ विश्वकपका लागि मलेसियामा भएको एसिया छनोट प्रतियोगिता खेली नेपाली युवा क्रिकेट टोली शुक्रबार स्वदेश फर्किएको छ ।

प्रतियोगितामा दुर्भाग्यपुर्ण दोस्रो स्थान हासिल गर्दै विश्वकपमा छनोट हुन् नसकेपनि टिमको प्रदशन तारिफयोग्यनै रहयो । युएई बिरुद्दको त्यो बर्षाले प्रभावित गरेको खेलनै अन्तत : नेपाललाई विश्वकपबाट बन्चित गराउन प्रयाप्त भयो ।

छनोट हुन् नसकेपनि प्रतियोगिता भर नेपालको प्रदशन शानदार रहयो । सबैको मन जितेका नेपाली युवा टोलि शुक्रबार बेलुका करिव ८ बजेतिर मलेसिया बाट मलेसियन एयरलाईन्स मार्फत स्वदेश फर्किएका थिए । विश्वकपमा छनोट नहुदाको पिडा प्रस्टै खेलाडीहरुको अनुहारमा देखिन्थो । खेलाडिहरु निराशमा देखिन्थे ।

बुधवार भएको निर्णायक खेलमा युएईले ओमानलाई १० विकेटले पराजित गरेपछि प्रतियोगितामा सबै खेलमा जित निकाल्दै युएईले यसपटकको विश्वकपको टिकट पक्का गरेको हो ।

विश्वकपमा छनोट हुन् नेपालले आफ्नो अन्तिम खेलमा कुबेतलाई पराजित गर्दै ओमान र युएई बिचको खेलमा युएई पराजित भएको खण्डमा मात्र नेपाल विश्वकपका लागि छनोट हुने थियो तर यस्तो हुन सकेन यसअर्थमा विश्वकप खेल्ने लक्ष्य सहित मलेसिया पुगेको नेपाल निराश हुदै आज घर फर्किन बाध्य भएको छ ।

मलेसियामा नेपालले आफ्नो दाबेदारीलाई प्रस्तुत गर्ने क्रममा निकै राम्रो प्रदशन गरेको भएपनि दुर्भाग्यपूर्ण नेपालको राम्रो खेल्दाखेल्दै पनि यसपटकको बिश्वकप गुमाएको छ ।

प्रतियोगितामा पहिलो खेलमा सिगापुरलाई २ सय १७ रनले पराजित गर्दै प्रतियोगिताको ठोस सुरुवात गरेको नेपालको दुर्भाग्य दोस्रो खेल युएई बिरुद्द हुन् पुग्दा टिमले विश्वकप खेल्ने सपना अधुरोनै रहयो ।

नेपाललाई विश्वकप बाट बन्चित गराएको युएई बिरुद्दको त्यो खेलमा टस हारेर नेपालले पहिले ब्याटिङ्ग गर्नेक्रममा निर्धारित ५० ओवरमा अलआउट हुदै २ सय ४७ रनको योगफल खडा गएको थियो ।

यसपछि नेपालले पेश गरेको बिजयी चुनौती पछ्याउदै जवाफी ब्याटिंग गरेको युएई ३० ओवरमा ३ विकेट गुमाएर १ सय २२ रनमा रहदै गर्दा भारी मात्रामा पानि परेपछि खेललाई डिएल मेथडमार्फत टुङ्गो लगाईएको थियो ।
जसमा युएईले १ रनले बाजी मार्न सफल भयो ।

यसपछि नेपालको बिश्वकप खेल्ने सम्भावनामा अरुको खेलमा भर पर्नु पर्ने अबस्था आएको थियो । बिशेष गरि युएई र ओमान बिचको अन्तिम खेलको नतिजामा नेपालको आखा गडेको अबस्था थियो तर कमजोर ओमानले स्वाभाविक अनुसार पराजित हुन् पुग्दा नेपालले यसपटकको बिश्वकप गुमाएको हो ।

प्रतियोगितामा नेपालले तेस्रो खेलमा आयोजक मलेसियालाई ८ विकेटले पराजित गरेको थियो भने चौथो खेलमा ओमान लाई १ सय ५० रनमा पराजित गरेको थियो । र अन्तिम खेलमा कुबेतमाथि नेपालले ८ विकेटको सहज जित निकालेको थियो ।

कुल ६ टिमको सहभागिता रहेको छनोट प्रतियोगिता बाट अंकतालिकामा पहिलो स्थान हासिल गर्ने टिमले बिश्वकपका लागि छनोट हुने प्राबधान अनुसार युएईले पहिलो स्थान हासिल गर्दै विश्वकपमा छनोट हुन् सफल भयो ।

अब भिडियोमा हेर्नुहोस : स्वदेश फर्किएपछी कप्तान र प्रशिक्षकले के भने

प्रतिक्रिया दिनुहोस्