onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

दिल्लीलाई पराजित गर्दै मुम्बई दोस्रो स्थानमा उक्लियो

बैशाख ६ , अनलाईन खेलखबर ।। ईण्डियन प्रिमियर लिग ( आईपिएल ) अन्तर्गत गएराती सम्पन्न प्रतियोगिताको ३४ औं खेलमा मुम्बई ईण्डियनले दिल्लीमाथि ४० रनले जित हासिल गरेको छ ।

यो जित संगै मुम्बई अहिले ९ खेलबाट ६ खेलमा जित निकाल्दै १२ अङ्कसहित अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । दिल्ली दोस्रोबाट तेस्रो स्थानमा आएको छ । अहिले दिल्लीले पनि ९ खेलबाट ५ खेलमा जित निकाल्दै १० अंकसहित तेस्रो स्थानमा रहेको छ ।

खेलमा मुम्बई ईण्डियनले दिएको १ सय ६९ रनको सम्मानजनक स्कोरलाई पछ्याउदै जवाफी ब्याटिंङ्ग गरेको दिल्लीले खराब प्रदशन गर्ने क्रममा निर्धारित २० ओवर पुरै खेलेपनि ९ विकेट गुमाएर १ सय २८ रनमा सिमित भएपछी नतिजा मुम्बईले आफ्नो पक्षमा पारेको थियो ।

मुम्बईको कसिलो बलिङ्गमा पृवि शाले २० रन , शिखर धवनले ३५ रन , एक्सर पटेलले २६ र क्रिस मोरिसले ११ रन बनाउनु बाहेक अन्य खेलाडिहरुले उलेख्य योगदान दिन असफल भएपछी टिम पराजित हुन् पुगेको हो ।

बलिङ्गमा मुम्बईका लागि राहुल चाहरले सर्बाधिक ३ विकेट लिए भने जसप्रीत बुमराहले पनि २ विकेट लिदाँ लसिथ मलिंगा , क्रुनाल पांड्या र हार्दिक पंड्याले समान १/१ विकेट लिए ।

यसअघि दिल्लीको घरेलु मैदान फ़िरोज़ शाह कोटलामा पाहुना टोलिले मुम्बईले टस जितेर सुरुमा ब्याटिंङ्ग गरेको थियो । अन्त्यतिर क्रुनाल पांड्या र हार्दिक पंड्याले राम्रो खेलेपछि टिमले निर्धारित २० ओवर पुरै खेल्दै ५ विकेटको क्षतिमा १ सय ६८ रनको सम्मानजनक योगफल खडा गरेको थियो ।

टिमले ६.१ ओवरमा टिमको स्कोर ५७ रन हुदाँ रोहित सर्मालाई व्यक्तिगत ३० रनमा गुमाएको थियो । यसपछि टिमका लागि क्विंटन डी कॉकले ३५ तथा सुर्यकुमार यादबले २६ र क्रुनाल र हार्दिकले क्रमश : ३७ र ३२ रनको योगदान गरे ।क्रुनाल अविजित रहेका थिए ।

बलिङ्गमा दिल्लीका लागि कगिसो रबाडाले सर्बाधिक २ विकेट लिए भने अमित मिश्रा र एक्सर पटेलले समान १/१ विकेट हात पारे ।

अब प्रतियोगिता अनुसार आज पनि १ खेल हुनेछ । नेपाली समय अनुसार राति सवा ८ बजेपछि कोलकाता नाइट राइडर्स र रोयल च्यालेंजर्स बैंगलोर बिच कोलकताको घरेलु मैदान ईडन गार्डनमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्