भव्यताका साथ् आठौँ राष्टिय खेलकुदको उद्घाटन

भव्यताका साथ् आठौँ राष्टिय खेलकुदको उद्घाटन

बैशाख ५ , अनलाईन खेलखबर ।। नेपाली खेलकुदको महाकुम्भ आठौँ राष्टिय खेलकुदको आज भब्यताका साथ् औपचारिक उद्घाटन गरिएको छ ।

बाँके जिल्ला स्थित नेपालगञ्ज रंगशालामा आज बिहिबार साँझ भएको विशेष समारोहका बिच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको उद्घाटन गरेकी हुन् । उनि सगै प्रदेश ५ का प्रदेश मुख्यमन्त्री शंकर पोखरेल र युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माको पनि उपस्थिति रहेको थियो ।

फोटो सौजन्य : सुबाश हुमागाई

निकै आकर्षक तरिकाले उद्घाटन गरिएको कार्यक्रममा ८ सय भन्दा बढी कलाकारहरु तथा २ हजार भन्दा बढि स्थानीयले आफ्नो मौलिक सस्कृति झल्किने खालको झाकि प्रस्तुत गरेका थिए । निकै उत्साह र उमंग छरेको उद्घाटन कार्यक्रम निकै सभ्य र भब्य देखिन्थ्यो । स्थानीयको राम्रो साथ पाएको उद्घाटन कार्यक्रम हेर्न रङ्गशाला पूर्ण भरिएको थियो ।

पूर्वाधार निर्माणमा केहि ढिला हुन् पुगेपछि प्रतियोगिता सुरु भएको करिव एक हप्तापछि औपचारिक उद्घाटन गरिएको छ । कुल ३५ खेल समाबेश गरिएको यस आठौ राष्टिय खेलकुदमा अहिले सम्म १४ खेलको राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसकेको छ ।

जारी प्रतियोगितामा २ हजार ८ सय २५ पुरुष तथा २ हजार ३ सय ८६ महिला गरी जम्मा ५ हजार २ सय ११ खेलाडी सहभागी छन् ।
आठौं राष्ट्रियमा विभिन्न ३५ खेल समावेश गरिएको छ । नेपाली राष्टिय खेलकुदकै इतिहासमा प्याराग्लाइडिङ खेललाई पहिलो पटक समाबेश गरिएको छ । भने पहिलो पटक गैरआबसिय नेपाली संघले पनि यस प्रतियोगितामा सहभागिता जनाएको छ । जहाँ ७ प्रदेश , ३ विभागीय र एकगैरआबसिय नेपाली संघका खेलाडीहरुले ३७२ स्वर्ण, ३७२ रजत र ५६३ कांस्यका लागि प्रतिष्पर्दा गरिरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *