लयमा देखिएको सन्दिपको टीम दिल्लीले आज मुम्बईको सामना गर्दै

लयमा देखिएको सन्दिपको टीम दिल्लीले आज मुम्बईको सामना गर्दै

बैशाख ५ , अनलाईन खेलखबर ।। बिश्वको सबैभन्दा चर्चित तथा ठुलो क्रिकेट प्रतियोगिता ईण्डियन प्रिमियर लिग ( आईपिएल ) अन्तर्गत आज नेपालका युवा क्रिकेटर सन्दिप लामिछानेको टिम दिल्ली क्यापिटल्सले मुम्बई ईण्डियनको सामना गर्नेछ ।

खेल नेपालि समय अनुसार आज राति सवा ८ बजेपछि दिल्लीको घरेलु मैदान फ़िरोज़ शाह कोटला स्टेडियममा हुनेछ । यसअघि प्रतियोगितामा दिल्ली र मुम्बईको भेट भईसकेको अबस्था छ । जसमा दिल्लीले ३७ रनले बाजी पारेको थियो । मुम्बईको घरेलु मैदान वानखेड़े स्टेडियममा भएको खेलमा दिल्लीले सुरुमा ब्याटिंग गर्दै निर्धारित २० ओवर पुरै खेल्दै ६ विकेटको क्षतिमा २ सय १६ रनको योगफल खडा गरेको थियो ।

यसपछि जवाफी ब्याटिङ्ग गरेको मुम्बईले १९.२ ओवरमा अलआउट हुदै १ सय ७८ रनमा सिमित भएपछी नतिजा दिल्लीले आफ्नो पक्षमा पारेको थियो ।

यस अर्थमा मुम्बईले सो हारको बदला आज उसैको मैदानमा लिन चाहन्छ भने दिल्लीले दोस्रो पटक मुम्बईलाई निराश बनाउने रणनीतिका साथ् मैदान उत्रिने छ ।

अहिले सम्म मुम्बईले प्रतियोगितामा ८ खेल खेल्दै ५ मा जित र ३ खेलमा हार व्यहोर्दै १० अंकसहित अकतालिकामाको तेस्रो स्थानमा स्थानमा रहेको छ । भने दिल्ली ८ खेल बाट ५ मा जित र ३ मै हार व्यहोर्दै १० अंकसहित अहिले अकतालिकामा दोस्रो स्थानमा रहेको छ । दिल्ली र मुम्बईको समान अंक भएपनि नेट रनरेटमा दिल्ली माथि रहदै दोस्रो स्थानमा रहेको हो ।

दिल्लीले पहिलो खेलमा मुम्बई ईण्डियन लाई ३७ रनले पराजित गर्दै प्रतियोगिताको सुरुवात राम्रो तरिकाले गरेको थियो । दोस्रो खेलमा भने चेन्नई संग दिल्ली ६ विकेटले पराजित हुन् पुग्यो । तेस्रो खेलमा कोलकतालाई सुपर ओवरमा ३ रनले जित हासिल गर्यो भने चौथो खेलमा दिल्ली पंजाव संग १४ रनले पराजित हुन् पुग्यो ।

यसपछि पाचौ खेलमा हैदराबाद संग ५ विकेटले पराजित हुन् पुग्दा छठौ खेलमा दिल्लीले बैंगलोरलाई ४ विकेटले पराजित गरेको थियो । सातौ खेलमा कोलकतालाई ७ विकेटले दिल्लीले पराजित गरेको थियो र अघिल्लो खेलमा दिल्लीले हैदराबादलाई ३९ रनले पराजित गरेको थियो । भने यता मुम्बईले अघिल्लो खेलमा बैंगलोरलाई ५ विकेटले पराजित भएको थियो ।

आजको खेल दुवै टिमका लागि उत्तिकै मह्त्वपूर्ण रहेको छ । रोमाञ्चक बन्ने सम्भावना रहेको खेलमा दुवै टिम स्पष्ट जितको खोजीमा रहने छन ।

यता दिल्लीमा नेपालका शान सन्दिप लामिछानेलाई आजको खेलमा दिल्लीले स्थान दिन्छ या दिदैन त्यो हेर्न बाकि रहेको छ । अघिल्ला दुई खेल कोलकता र हैदराबाद बिरुद्दको खेलमा उनि बेन्चमै रहेका थिए । राम्रो लयमा रहेका सन्दिपले अहिले सम्म टिमको बिश्वाशमा खरो उत्रिरहेका छन । उनले अहिले सम्म ४ खेल बाट ५ विकेट लिईसकेको अबस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *