onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

शिर्षस्थानमा रहेको चेन्नई हैदराबाद सँग पराजित

बैशाख ५ , अनलाईन खेलखबर ।। ईण्डियन प्रिमियर लिग ( आईपिएल ) अन्तर्गत बुधवार राति सम्पन्न प्रतियोगिताको ३३ औँ खेलमा अंकतालिकामा शिर्षस्थानमा रहेको महेन्द्र सिह धोनीको टिम चेन्नई सुपर किग्स सनराइजर्स हैदराबाद सँग ६ विकेटले पराजित हुन् पुगेको छ ।

खेलमा चेन्नईले दिएको १ सय ३३ रनको सामान्य लक्ष्य पछ्याउदै जवाफी ब्याटिंग गरेको सनराइजर्स हैदराबादले उक्त बिजयी लक्ष्य १६.५ ओवरमा मात्र ४ विकेट गुमाएर भेटायो । हैदराबादको जितमा डेविट वार्नर र जॉनी बेयरस्टोले महत्वपुर्ण पारी खेले ।

बार्नरले २५ बलको सामना गर्दै १० चौकाको मद्दतमा अर्धसताकिय ५० रनको योगदान गरे भने जॉनी बेयरस्टोले पनि ईनिङ्गको सर्बाधिक धेरै रन बनाउने क्रममा ६१ रन बनाए । ४४ बलको सामना गरेका उनले ३ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै टिमका लागि दिपक हुडाले १३ रनको योगदान पुर्याए ।

बलिङ्गमा चेन्नईका लागि ईमरान ताहिरले सर्बाधिक २ विकेट लिए भने दिपक चाहर र कर्ण शर्माले समान १/१ विकेट लिन सफल भएका थिए \

यसअघि राजीव गांधी अंतर्राष्ट्रीय स्टेडियममा भएको खेलमा पाहुना टोलि चेन्नईले टस जितेर पहिले ब्याटिङ्ग गर्ने निर्णय गर्दै निर्धारित २० ओवर पुरै खेल्दै ५ विकेटको क्षतिमा १ सय ३२ रनको योगफल खडा गरेको थियो ।

टिमका लागि शेन वॉटसन र फाफ डु प्लेसिसले सुरुवाती अबस्थामा ठोस सुरुवात दिलाएका थिए । पहिलो विकेटका रुपमा ९.५ ओवरमा टिमको ७९ हुदाँ वाटसन् लाई व्यक्तिगत ३१ रनमा गुमाएको थियो । यस्तै दोस्रो विकेटका रुपमा फाफ डु प्लेसिसलाई ४५ रनमा टिमले गुमाएको थियो । यी बाहेक टिमका लागि सुरेश रैनाले १३ रन , रबिन्द्र जडेजाले १० र अंबाती रायडूले अविजित रहदै २५ रन जोडे ।

बलिङ्गमा हैदारबादका लागि राशिद खानले २ तथा खलिल अहमद , विजय सङ्गखर र शहबाज नदीमले १ /१ विकेट लिए ।

हार ब्यहोरेपनि चेन्नई अहिले १४ अंकसहित अंकतालिकाको पहिलो स्थानमै रहेको छ । चेन्नईले अहिले सम्म ९ खेलबाट मात्र २ खेलमा पराजित भएको छ । यता चेन्नईमाथि जित हासिल गरेको हैदाराबाद अहिले अंकतालिकाको पाचौँ स्थानमा रहेको छ । ८ खेल खेलिसकेको हैदराबाद ४ खेलमा जित र समान ४ खेलमा पराजित हुन् पुगेको छ ।

अब प्रतियोगिता अन्तर्गत आज एक खेलमात्र हुनेछ । नेपाली समय अनुसार राति सवा ८ बजेपछि हुने खेलमा नेपालका युवा खेलाडी सन्दिप लामिछानेको टिम दिल्लीले मुम्बई ईण्डियनको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्