onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

विश्वकप आयोजक ईङ्गल्याण्डले पनि गर्यो टिम घोषणा

बैशाख ४ , अनलाईन खेलखबर ।। मे ३० देखि जुलाई १४ सम्म ईङ्गल्याण्ड र वेल्समा हुन् गईरहेको आईसीसी एकदिवसीय बिश्वकपका लागि अहिले एकदिवसीय वरियतामा पहिलो स्थानमा रहेको ईङ्गल्याण्डले आज बुधवार आफ्नो टिमको घोषणा गरेको छ ।

बिश्वकपको मिति नजिकिदै गर्दा अहिले टिमहरुले आफ्नो टिमको घोषणा गर्ने क्रम सुरु भैइसकेको अबस्था छ । भारत , अष्टेलिया र बंगालादेशले आफ्नो टिमको घोषणा गरिसकेका छन । यसैबिचमा विश्वकपको आयोजक ईङ्गल्याण्डले पनि आज १५ सदस्यीय टिमको घोषणा गरिएको छ ।

जसमा टिमको कप्तानी इयोन मॉर्गनले गर्नेछन भने उनिसगैं टिममा मोइन अली, जॉनी बेयरस्टो, जोस बटलर, टॉम कुरेन, जो डेनली, एलेक्स हेल्स, लियाम प्लंकेट, आदिल राशिद, जो रूट, जेसन रॉय, बेन स्टोक्स, डेविड विले, क्रिस वोक्स र मार्क वुड रहेका छन ।

विश्वकपमा अभागी टिमका रुपमा चिनिने ईङ्गल्याण्ड नयाँ उत्साह र उमँगका साथ् रहेको छ । राम्रो लयमा देखिएको ईङ्गल्याण्डलाई यसपटक उपाधिको दाबेदारको रुपमा पनि हेरिएको छ ।

घरेलु मैदानमा ईङ्गल्याण्डलाई यसपटक नँया ईतिहास बनाउने राम्रो अवसर पनि रहेको छ । विश्वकपको १२ औँ सस्करण सम्म आईपुग्दा उपाधि बिहिन रहेको ईङ्गल्याण्डले ३ पटक फाईनल खेलेको छ । सन् १९७९ मा ईङ्गल्याण्डमै भएको विश्वकपमा ईङ्गल्याण्ड वेस्ट ईण्डिज सँग फाईनलमा ९२ रनले पराजित भएको थियो ।

यसपछि सन् १९८७ मा अष्टेलिया सँग फाईनलमा ७ रनले पराजित भएको थियो भने १९९२ मा पाकिस्तान सँग २२ रनले पराजित हुदै आफ्नो ईतिहास रच्न बाट चुकेको थियो ।

फाईनल खेलेको पनि लामो समय भएको छ । तर अहिले माहोल फेरिएको छ टिम सन्तुलन देखिएको छ जोस र उत्साहले भरिपुर्ण छ टिम त्यसकारण अहिले ईङ्गल्याण्डलाई ईतिहास बनाउने सुनौलो अवसर पनि रहेको छ ।

बंगलादेश टिम बिश्वकपको लागि बंगलादेशले पनि गर्यो टिम घोषणा

भारतीय टिम बिराट कोहलीको कप्तानीमा बिश्वकपका लागि भारतीय टोलीको घोषणा :

अष्ट्रेलिया टिम बिश्वकपका लागि अष्ट्रेलिया टोलीको घोषणा : आरोन फिन्चले टिमको कप्तानी गर्ने

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *