एसीसी यू-१६ इस्टर्न रिजन प्रतियोगिताका लागी नेपाली टोलीको घोषणा

एसीसी यू-१६ इस्टर्न रिजन प्रतियोगिताका लागी नेपाली टोलीको घोषणा

बैशाख ४ , अनलाईन खेलखबर ।। यहि आउदो अप्रिल २० देखि २८ तारिख सम्म थाईल्याण्डमा हुन् गईरहेको एसीसी यू-१६ इस्टर्न रिजन प्रतियोगिताका लागि नेपालले आज आफ्नो टिमको घोषणा गरेको छ ।

आज सार्बजनिक गरिएको टोलीमा नेपालको कप्तानीको जिम्मा विशाल विक्रम केसी लाई दिईएको छ । यस्तै टिममा उनि सँगै आशिष ठाकुर, प्रसान्त महत, अर्जुन कुमाल, दिपक बोहोरा, सुवास ऐयर, निखिलकुमार संह, विशालकुमार पटेल, क्रिस कार्की, तिलकराज भण्डारी, रमेश कुर्मी, रोहन दुधराज बिक,सुसान्त थापा र प्रसान्त सिंह रहेका छन ।

बसन्त शाही मुख्य प्रशिक्षकमा रहेको टिममा अफिसियलका रुपमा सुदिप शर्माले टिमको ब्यबस्थापक गर्नेछन भने दिनेश भट्ट फिजियो रहेका छन ।

नेपालको टिम केहि दिन अघि युवा तथा खेलकुद मन्त्रालयको आयोजना तथा राष्ट्रिय खेलकुदको परिषदको समन्वयमा र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको ब्यबस्थापनमा काठमाण्डौ किर्तिपुर स्थित त्रिवि अन्तराष्टिय क्रिकेट मैदानमा भएको यु -१६ स्कुल क्रिकेट प्रतियोगिताको आधारमा तयार गरिएको हो ।

यसै प्रतियोगितालाई आधार मानेर उत्कृष्ट खेलाडीलाई लिदै अन्तिम तयारिको प्रदशनको आधारमा खेलाडीहरुलाई टिममा छनोट गरिएको हो ।

कुल ८ टिमको सहभागिता रहने यो प्रतियोगितामा प्रतियोगिता लाई दुई समूहमा बिभाजन गरिएको छ । समूह ‘ए’ मा रहेको नेपालसँगै आयोजक थाईल्याण्ड , मलेसिया र म्यानमार रहेको छ । भने समूह ‘बी’ मा सिंगापुर, हङकङ,भुटान र चिन रहेका छन् ।

नेपालले आफ्नो पहिलो खेलमा आउदो शनिबार म्यानमार सँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । त्यस्तै नेपालले आफ्नो दोश्रो खेलमा २४ तारिखमा मलेसियाको सामना गर्नेछ भने समूह चरणको अन्तिम खेलमा आयोजक थाईल्यान्डसँग २५ तारिखमा प्रतिष्पर्दा गर्नेछ ।

समूह चरणबाट पहिलो र दोश्रो स्थान हासिल गर्ने टोली प्रतियोगिताको सेमीफाइनलमा पुग्नेछन । सेमीफाइनल खेल २७ तारिखमा हुनेछ भने फाइनल खेल २८ तारिखमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *