onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बैशाख १८ बाट टियुमा अन्तर प्रदेश यू–सिक्टिन क्रिकेट प्रतियोगिता हुने

बैशाख ४ , अनलाईन खेलखबर ।। पुर्ब प्रधानमन्त्री स्व. मनमोहन अधिकारिको स्मृतिमा मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा यहि आउदो बैशाख १८ गते देखि २४ गतेसम्म काठमाण्डौ किर्तिपुर स्थित त्रिवि अन्तराष्टिय क्रिकेट मैदानमा मनमोहन मेमोरियल अन्तर प्रदेश यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ ।

मङ्गगलबार आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टरले पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी गराएको थियो । प्रतियोगितामा नेपालका ७ प्रदेशको सहभागिता रहने छ । प्रतियोगिता ३० ओवरको हुने भनिएको छ ।

प्रतियोगिताको विजेताले २ लाख ५० हजार नगद र सोहि रकम बराबरको खेल सामग्री प्राप्त गर्ने छन् । भने उपविजेताले १ लाख ५० हजार नगद र सोहि बराबरको खेल सामग्री पाउने आयोजकले जानकारी गराएको छ ।

यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान, बलर र उदायमान खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्