onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

ओमानको भरमा नेपाल

बैशाख ४ , अनलाईन खेलखबर ।। अहिले मलेसियामा अर्को बर्ष दक्षिण अफ्रिकामा हुने अण्डर नाईण्टिन बिश्वकपको लागि एसिया छनोट प्रतियोगिता जारी रहेको छ । अब अन्तिम दिनको खेल मात्र बाकि रहेको छ ।

कुल ६ टिमको सहभागिता रहेको छनोट प्रतियोगिता बाट अंकतालिकामा पहिलो स्थान हासिल गर्ने टिमले बिश्वकपका लागि छनोट हुने प्राबधान अनुसार अहिलेको अबस्था सम्म युएईले यसको सम्भावना धेरै बलियो बनाएको छ । जसलाई नेपालले पछ्याईरहेको छ ।

बिश्वकप खेल्ने लक्ष्य सहित मलेसिया पुगेको नेपालले आफ्नो दाबेदारीलाई प्रस्तुत गर्ने क्रममा निकै राम्रो प्रदशन गरिरहेको अबस्था छ । तर दुर्भाग्य भन्नुपर्छ नेपालको राम्रो खेल्दाखेल्दै पनि यसपटक को बिश्वकप गुमाउने सम्भावना अहिले बढेर गएको छ ।

प्रतियोगितामा पहिलो खेलमा सिगापुरलाई २ सय १७ रनले पराजित गर्दै प्रतियोगिताको ठोस सुरुवात गरेको नेपालको दुर्भाग्य दोस्रो खेल युएई बिरुद्द हुन् पुग्दा टिम यो अबस्थामा आएको छ । युएई बिरुद्दको खेलमा टस हारेर नेपालले पहिले ब्याटिङ्ग गर्नेक्रममा निर्धारित ५० ओवरमा अलआउट हुदै २ सय ४७ रनको योगफल खडा गएको थियो । यसपछि नेपालले पेश गरेको बिजयी चुनौती पछ्याउदै जवाफी ब्याटिंग गरेको युएई ३० ओवरमा ३ विकेट गुमाएर १ सय २२ रनमा रहदै गर्दा भारी मात्रामा पानि परेपछि खेललाई डिएल मेथडमार्फत टुङ्गो लगाईएको थियो ।

जसमा युएईले १ रनले बाजी मार्न सफल भयो । यसपछि नेपालको बिश्वकप खेल्ने सम्भावनामा अरुको खेलमा भर पर्नु पर्ने अबस्था आएको छ । बिशेष गरि युएईको नतिजामा नेपालको आखा गडेको छ । प्रतियोगितामा नेपालले तेस्रो खेलमा आयोजक मलेसियालाई ८ विकेटले पराजित गरेको थियो भने चौथो खेलमा ओमान लाई १ सय ५० रनमा पराजित गरेको थियो ।

यता युएईले सबै खेलमा जित निकाल्दै अहिले ८ अंकसहित अंकतालिकामा पहिलो स्थानमा रहेको छ । युएईले पहिलो खेलमा आयोजक मलेसियालाई ५ विकेटले पराजित गरेको थियो । दोस्रोमा नेपाल लाई १ रनले निराश गरायो । यस्तै तेस्रो खेलमा कुबेतलाई ७ विकेटले पराजित गरेको थियो । भने चौथो खेलमा सिगापुरलाई ९ विकेटले पराजित गरेको थियो ।

अब प्रतियोगितामा युएई र नेपालले आफ्नो अन्तिम खेल भोलि बिहिवार खेल्नेछन । नेपालले कुबेतको सामना गर्नेछ भने युएईले ओमानको सामना गर्नेछ । दुवै खेल नेपाली समय अनुसार बिहान पौने आठ बजेपछि एकै साथ हुनेछ । यस्तोमा नेपालले कुबेतलाई पराजित गरेमा र नेपाललाई ओमानले साथ् दिएमा मात्र नेपालले बिश्वकपमा स्थान बनाउने छ ।

अब ओमानले कस्तो गर्नेछ त्यो हेर्न बाकि रहेको छ । अहिले सम्मको नतिजा मुल्याङ्गकन गर्दा यो खेलमा युएईनै हाबी हुने प्रबल सम्भावना रहेको छ । क्रिकेट हो जे पनि हुन् सक्छ ! त्यो एउटा कुरा हो तर त्यो निकै कम हुन्छ । टिमको क्षमता कस्तो छ भन्ने कुरा खेलबाट नै थाहा हुन्छ यस्तोमा ओमानले नेपाललाई साथ् दिने सम्भावना निकै कम रहेको छ ।

ओमानले खेलेका ४ खेलमा मात्र १ खेलमा मात्र जित हासिल गरेको छ । आयोजक मलेसियालाई डिएल मेथड मार्फत ४६ रनले पराजित गर्नु बाहेक अन्यमा ओमान पराजित भएको छ । कुबेत सँग ८ विकेटले , सिगापुर सँग ५ विकेट र नेपाल सँग १५० रनले ओमान पराजित भएको छ ।

यसले पनि बोलिरहेको छ ओमानको बर्तमान अबस्था तर ओमान जुनसुकै बेला खेललाई उल्टाउने क्षमता भन्ने राख्छ यो कुरा भने हो । ओमानलाई पनि प्रतियोगितामा सुखद अत्य गर्ने राम्रो मौका हुनेछ युएई बिरुद्दको खेल र सोहि अनुसार ओमान पक्कै मैदान उत्रिनेछ ।

प्रतिक्रिया दिनुहोस्