पंजावद्रारा राजस्थान १२ रनले पराजित : पंजाव अंकतालिकाको चौथों स्थानमा

पंजावद्रारा राजस्थान १२ रनले पराजित : पंजाव अंकतालिकाको चौथों स्थानमा

बैसाख ४ , अनलाईन खेलखबर ।। ईन्डियन प्रिमियर लिग ( आईपिएल ) अन्तर्गत गएराती सम्पन्न प्रतियोगिताको ३२ औं खेलमा किग्स ईलाभेन पंजावले राजस्थान रोयल्सलाई १२ रनले पराजित गरेको थियो ।

खेलमा पंजावले दिएको १ सय ८३ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ्ग गरेको राजस्थानले निर्धारित २० ओवर पुरै खेल्दै ७ विकेटको क्षतिमा मात्र १ सय ७० रनमा सिमित हुन् पुगेपछि टिम पन्जाव संग निराश हुन पुग्यो ।

राजस्थानका लागि राहुल त्रिपाठीले सर्बाधिक ५० रनको योगदान गरे । ४५ बलको सामना गरेका उनले ४ चौका समेत प्रहार गर्दै उक्त रन बनाएका हुन् । यस्तै जोस बटलरले २३ तथा कप्तान टिमका अजिंक्य रहाणेले २६ रन , संजू सैमसनले २७ र स्टुअर्ट बिन्नीले ३३ रन बनाएर आउट हुन् पुगेका थिए ।

यस्तै बलिङ्गमा पंजावका लागि अर्शदीप सिंह रविचंद्रन अश्विन र मोहम्मद शामीले समान २/२ विकेट लिए भने मुरुगन अश्विनले १ विकेट लिएका थिए ।

यसअघि पंजाब क्रिकेट असोसिएशन रंङ्गशालामा भएको खेलमा पाहुना टोलि राजस्थानले टस जितेर घरेलु टोलि पंजावलाई पहिले ब्याटिङ्गको निम्तो दिएको थियो । जसअनुसार लोकेश राहुल र डेबिट मिलरको उत्कृष्ट ब्याटिंङ्गको मद्दतमा निर्धारित २० ओवर पुरै सामना गर्दै ६ विकेट गुमाएर १ सय ८२ रनको योगफल खडा गरेको थियो ।

खेलमा पंजावले पहिलो विकेटका रुपमा क्रिस गेललाई व्यक्तिगत ३० रनमा टिमको स्कोर ३८ रन हुदाँ गुमाएको थियो । यसपछि मयाक अग्रवाल लाई २६ रनमा टिमको स्कोर ६७ रन हुदाँ गुमाएको थियो ।

यसपछि भने लोकेश राहुल र डेबिट मिलर बिच तेस्रो विकेटका लागि ८५ रनको साझेदारी हुन् पुगेपछि टिम केहि सहज अबस्थामा पुगेको थियो । ४७ बलको सामना गरेका लोकेशले ३ चौका र २ छक्काको मद्दतमा तेस्रो विकेटका रुपमा ५२ रनको पारी खेले ।

यस्तै डेबिट मिलरले ४० रन बनाए भने खेलका प्लेयर अफ द म्याच समेत भएका रविचंद्रन अश्विनले अविजित रहदै १७ रनको योगदान गरे ।

बलिङ्गमा राजस्थानका लागि जोफ्रा आर्चरले सर्बाधिक ३ विकेट लिए भने ईश सोढ़ी, धवल कुलकर्णी र जयदेव उनादकटले पनि समान १/१ विकेट लिए ।

यो जित सगै पंजाव ९ खेलबाट ५ मा जित र ४ खेलमा पराजित हुदै अहिले १० अंकसहित अंकतालिकामा चौथो स्थानमा रहेको छ । यता राजस्थान भने ८ खेलमा २ खेलमा जित र ६ खेलमा पराजित हुदै अहिले ४ अंकसहित अंकतालिकाको सातौँ स्थानमा रहेको छ ।

अब प्रतियोगिता अन्तर्गत आज नेपाली समय अनुसार राति सवा ८ बजेपछि अंकतालिकामा पहिलो स्थानमा रहेको चेन्नई सुपर किग्सले छ्ठौ स्थानमा रहेको हैदराबादको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *