onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपालको अर्को शानदार जीत

बैशाख ३ , अनलाईन खेलखबर ।। मलेसियामा जारि यु -१९ बिश्वकप एसिया छनोट प्रतियोगितामा नेपालले आफ्नो चौथो खेलमा आज ओमानलाई १ सय ५० रनको बिशाल अन्तरले पराजित गरेको छ ।

खेलमा नेपालले दिएको २ सय ३० रनको लक्ष्य पछ्याउदै जवाफी ब्याटिंङ्ग गरेको ओमान ४४.१ ओवरमा अलआउट हुदै मात्र ७९ रनमा समेटिएपछि खेलमा नेपालले सहज जित हासिल गरेको हो ।

नेपाली बलरसामु पुरै निरिह साबित भएका ओमानका लागि अमनप्रीत सिराह र जील तन्नाले समान १३/१३ रन बनाउनु बाहेक अन्य खेलाडीहरुले उल्लेख्य योगदान गर्न सकेनन र टिमले ठुलो अन्तरले पराजित हुन् पुग्यो ।

बलिङ्गमा नेपालका लागि पवन सरार्फले सर्बाधिक ३ तथा सुर्य तामाङ्ग र प्रतिष जिसीले समान २/२ बिकेट लिए भने कुशल मल्ल , भिम सार्की र कमल सिह एरिले पनि समान १/१ विकेट विकेट लिएका थिए ।

यसअघि क्वालालम्पुर स्थित सेलंगोर टर्फ क्लबको खेल मैदानमा टस जितेर ओमानले नेपाललाई पहिले ब्याटिङ्गको निम्तो दिएको थियो । जसमा नेपालका कप्तान रोहित कुमार पौडेलले उत्कृष्ट अर्धसतकिय पारी खेलेपछि टिमले ४३.२ ओवरमा अलआउट हुदैँ २ सय २९ रनको सम्मानजनक योगफल खडा गरेको थियो ।

रोहितले ८१ बलको सामना गर्दै ५ चौका र २ छक्काको मद्दतमा ईनिङ्गको सर्बाधिक धेरै रन बनाउने क्रममा ७५ रनको महत्वपुर्ण ब्याटिंग गरेका थिए ।मध्यम सुरुवात हुदै गर्दा रोहितले भिम सार्की संग मिलेर छ्ठौ विकेटका लागि ९२ रनको साझेदारी हुन् पुगेपछि टिम ठुलो योगफल तर्फ अग्रसर भएको थियो । भिमले ३९ रन बनाए । यसअघि ओपनरद्रय रित गौतमले १० रन , पवन सरार्फले ५ रन बनाएर आउट हुन् पुगेका थिए ।

यस्तै अभिषेक बस्नेतले १५ रन , सन्दीप् जोराले ४ र हरि बहादुर चौहानले २ रन बनाएर आउट हुन् पुगेका थिए ।

यस्तै अत्य तिर नेपालको पारी उकास्न प्रतिष जिसीले आक्रमक ब्याटिङ्ग गर्दै ४१ रनको योगदान गरे । महत्वपुर्ण पारि खेलेका उनले २ चौका र ४ छक्काको मद्दतमा उनले उक्त रन बनाएका थिए ।

बलिङ्गमा ओमानका लागि मुजाफिर राजा , जील तन्ना, रबिन्द्र र अजाम अलिले समान २/२ बिकेट लिएका थिए । यस्तै प्रथमेश कुंबले र यस मेहताले पनि १/१ विकेट लिएका थिए ।

अहिले युएई ४ खेल बाट ४ मा जित निकाल्दै ८ अंकसहित अंकतालिकामा पहिलो स्थानमा रहेको छ । भने नेपालले ४ खेलमा ३ खेलमा जित र १ मा हार व्यहोर्दै अहिले ६ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा रहेको छ ।

विश्वकप खेल्ने लक्ष्य सहित मलेसिया पुगेको नेपालि टोलि आफ्नो दोस्रो खेलमा युएईसंग पानिले प्रभावित गरेको खेलमा दुर्भाग्यपूर्ण डीएल मेथड मार्फत १ रनले पराजित भएपछी नेपालले अब आफ्नो अन्तिम खेलमा कुबेत संग जित निकाल्दै युएईको अन्तिम ओमान बिरुद्दको खेलमा भर पर्नु पर्ने अबस्था आएको छ । जसमा युएई जसरि पनि पराजित हुनु आबश्यक छ । यसो भएको खण्डमा मात्र नेपाल बिश्वकपका लागि छनोट हुनेछ ।

अन्तिम खेल आउदो अप्रिल १८ तारिखमा हुनेछ ।

अब हेर्नुहोस : आजका केहि तस्बिरहरु ( फोटो : रमन सिवाकोटी )

प्रतिक्रिया दिनुहोस्