मलेसियाले दियो नेपाललाई सामान्य बिजयी लक्ष्य

मलेसियाले दियो नेपाललाई सामान्य बिजयी लक्ष्य

बैशाग २ , अनलाईन खेलखबर ।। मलेसियामा जारी अण्डर नाईण्टिन बिश्वकप् एसिया छनोट प्रतियोगितामा अहिले नेपालले आयोजक मलेसियाको सामना गरिरहेको अवस्था छ ।

मलेसिया क्वालालम्पुर स्थित किनरारा ओभलको क्रिकेट मैदानमा जारि खेलमा नेपालले टस जितेर मलेसिया लाई पहिले ब्याटिंगको निम्तो दिएको थियो । जसअनुरुप टस हारेर पहिले ब्याटिङ्ग गर्ने क्रममा ३३.५ ओवरमा अलआउट हुदै ९२ रन बनाएको छ ।

नेपालको कसिलो बलिङ्गको सामु मलेसियाका इज्जत डैनियल फिक्रीले बाहेक कुनै खेलाडिले खुलेर खेल्न सकेनन । ईनिङ्गको सर्बाधिक धेरै रन बनाउने क्रममा इज्जत डैनियल फिक्रीले ५५ बलको सामना गर्दै ३ चौका र १ छक्काको मद्दतमा ३७ रनको पारी खेले । बिस्तारै मैदानमा सेट हुने क्रममा रहेका उनि दुर्भाग्यपूर्ण कुशल मल्लको बलमा सन्दिप जोराको हात बाट क्याच आउट हुन् पुगेका थिए ।

यस्तै टिमका लागि हाकिम हरिशनले १० तथा टिमका कप्तान समेत रहेका मोहम्मद अमिरले १३ रन बनाए ।

बलिङ्ग तर्फ नेपालका लागि पवन सराफ र कुशल मल्ल ले समान ३/३ विकेट लिए भने कमल सिह एरिले २ तथा सागर ढकालले १ विकेट लिएका थिए ।

अब मलेसियाले दिएको ९२ रनको झिनो बिजयी लक्ष्य पछ्याउदै नेपालले जवाफी ब्याटिङ्ग गर्नछ ।

प्रतियोगितामा नेपालसहित आयोजक मलेसिया , ओमान , सिगापुर , युएई र कुबेत रहेका छ्न । प्रतियोगिताको पहिलो स्थान हासिल गर्ने टिमले अर्को बर्ष दक्षिण अफ्रिकामा हुने बिश्वकपमा स्थान बनाउने छ ।

विश्वकप खेल्ने लक्ष्य सहित मलेसिया पुगेको नेपालि टोलि आफ्नो दोस्रो खेलमा युएईसंग डी/एल मेथड मार्फत १ रनले पराजित भएपछी नेपालले अब आफ्ना सबै खेलमा जित निकाल्दै अरुको खेलमा भर पर्नु पर्ने अबस्था आएको छ । जसमा अब युएई एक खेलमा पराजित भएको खण्डमा मात्र नेपाल बिश्वकप पुग्न सक्छ ।

प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *