onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

दिल्लीले आज हैदराबादको सामना गर्दै : सन्दिप खेल्ने सम्भावना प्रबल

बैशाग १ , अनलाईन खेलखबर ।। बिश्वको सबैभन्दा चर्चित तथा ठुलो क्रिकेट प्रतियोगिता ईण्डियन प्रिमियर लिग ( आईपिएल ) अन्तर्गत आज नेपालका युवा क्रिकेटर सन्दिप लामिछानेको टिम दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादको सामना गर्नेछ ।

खेल नेपालि समय अनुसार आज राति सवा ८ बजेपछि हैदराबादको घरेलु मैदान राजीव गांधी अंतर्राष्ट्रीय स्टेडियममा हुनेछ । यसअघि प्रतियोगितामा दिल्ली र हैदराबादको भेट भईसकेको अबस्था छ । जसमा हैदराबादले ५ विकेटले बाजी पारेको थियो । दिल्लीको घरेलु मैदान फ़िरोज़ शाह कोटलामा भएको खेलमा दिल्लीले सुरुमा ब्याटिंग गर्दै निर्धारित २० ओवर पुरै खेल्दै ८ विकेटको क्षतिमा १ सय २९ रनको योगफल खडा गरेको थियो ।

यसपछि जवाफी ब्याटिङ्ग गरेको हैदराबादले १८.३ ओवरमा ५ विकेट गुमाएर सो बिजयी लक्ष्य भेटाएको थियो ।

यस अर्थमा दिल्लीले सो हारको बदला आज उसैको मैदानमा लिन चाहन्छ भने हैदराबादले दोस्रो पटक दिल्लीलाई निराश बनाउने रणनीतिका साथ् मैदान उत्रिने छ ।

अहिले सम्म हैदराबादले प्रतियोगितामा ६ खेल खेल्दै ३ मा जित र ३ खेलमा हार व्यहोर्दै ६ अंकसहित अकतालिकामाको छठौ स्थानमा रहेको छ । भने दिल्ली ७ खेल बाट ४ मा जित र ३ मै हार व्यहोर्दै ८ अंकसहित अहिले अकतालिकामा चौथो स्थानमा रहेको छ ।

दिल्लीले पहिलो खेलमा मुम्बई ईण्डियन लाई ३७ रनले पराजित गर्दै प्रतियोगिताको सुरुवात राम्रो तरिकाले गरेको थियो । दोस्रो खेलमा भने चेन्नई संग दिल्ली ६ विकेटले पराजित हुन् पुग्यो । तेस्रो खेलमा कोलकतालाई सुपर ओवरमा ३ रनले जित हासिल गर्यो भने चौथो खेलमा दिल्ली पंजाव संग १४ रनले पराजित हुन् पुग्यो ।

यसपछि पाचौ खेलमा हैदराबाद संग ५ विकेटले पराजित हुन् पुग्दा छठौ खेलमा दिल्लीले बैंगलोरलाई ४ विकेटले पराजित गरेको थियो । र अघिल्लो खेलमा दिल्लीले कोलकतालाई ७ विकेटले पराजित गरेको थियो । भने यता हैदराबाद अघिल्लो खेलमा पंजाव संग ६ विकेटले पराजित भएको थियो ।

आजको खेल दुवै टिमका लागि उत्तिकै मह्त्वपूर्ण रहेको छ । रोमाञ्चक बन्ने सम्भावना रहेको खेलमा दुवै टिम स्पष्ट जितको खोजीमा रहने छन ।

यता दिल्लीमा नेपालका शान सन्दिप लामिछानेलाई आजको खेलमा भने निरन्तरता दिने सम्भावना उच्च रहेको छ । अघिल्लो कोलकता बिरुद्दको खेलमा उनि बेन्चमै रहेका थिए । राम्रो लयमा रहेका सन्दिपले अहिले सम्म टिमको बिश्वाशमा खरो उत्रिरहेका छन । उनले अहिले सम्म ४ खेल बाट ५ विकेट लिईसकेका छन ।

प्रतिक्रिया दिनुहोस्