onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बिराट कोहलीको टिम बैंगलोरको आईपिएलमा पहिलो जित

बैशाग १ , अनलाईन खेलखबर ।। बिराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेंजर्स बैंगलोरले जारी ईण्डियन प्रिमियर लिग ( आईपिएल ) मा पहिलो जित हासिल गरेको छ । सनिवार राति मोहालीमा भएको खेलमा बैंगलोरले किग्स ईलाभेन पंजावलाई ८ विकेटले पराजित गरेको थियो ।

प्रतियोगिताको २८ औं खेलमा पंजावले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ्ग गरेको बैंगकोरले कप्तान बिराट कोहली र एबी डिविलियर्स बिच दोस्रो विकेटका लागि शानदार ८५ रनको महत्वपुर्ण साझेदारी हुन् पुगेपछि टिमले १९.२ ओवरमा मात्र २ विकेट गुमाएर उक्त बिजयी लक्ष्य भेटायो ।

टिमले पहिलो विकेटका रुपमा भने पार्थिव पटेललाई टिमको स्कोर ४३ रन हुदा गुमाएको थियो । उनले १९ रन बनाए । यस्तै राम्रो लयमा ब्याटिङ्ग गरेका बिराटले ५३ बलको सामना गर्दै ८ चौकाको मद्दतमा ६७ रन बनाए । यस्तै अविजित रहेका एबी डिविलियर्स ले ५९ रनको योगदान गरे । र मार्कस स्टोइनिस पनि २८ रनमा अविजित रहे ।

बलिङ्गमा पंजावका लागि मोहम्मद शामी र आश्विनले समान १/१ विकेट लिए ।

यसअघि पन्जावको घरेलु मैदान पंजाब क्रिकेट असोसिएशन स्टेडियममा टस जितेर पाहुना टोलि बैंगलोरले पंजावलाई पहिले ब्याटिंगको निम्तो दिएको थियो । जसअनुसार क्रिस गेलको निकैनै उत्कृष्ट ब्याटिङ्गको मद्दतमा पंजावले निर्धारित २० ओवर पुरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय ७३ रन बनाउन सफल भएको थियो ।

मात्र १ रन बाट सतक बाट चुकेका क्रिस गेलले ९९ रनको महत्वपुर्ण पारी खेल्दा टिम सम्मानजनक स्कोर तर्फ पुगेको थियो । ६४ बलको सामाना गरेका उनले १० चौका र ५ छक्काको मद्दतमा उक्त रन बनाएका थिए ।

यस्तै टिमका लागि लोकेश राहुल र मन्दिप सिहले समान १८/१८ रन बनाए भने मयाक अग्रवाल र सर्फ़राज खानले पनि समान १५/१५ रनको योगदान गरेका थिए ।

बलिङ्ग तर्फ यता बैंगलोरका लागि युजवेंद्र चहलले सर्बाधिक २ विकेट लिए भने मोहम्मद सिराज र मोईन अलिले स,समान १/१ विकेट लिन सफल भए ।

प्रतियोगितामा ७ खेलबाट पहिलो जित निकालेको बैंगलोर २ अंकसहित अहिले अंकतालिकाको अन्तिम स्थानमा रहेको छ । पराजित हुन् पुगेको पंजाव भने ८ खेलबाट ४ मा जित र ४ मै हार व्यहोर्दै ८ अंकसहित अहिले अंकतालिकाको पाचौ स्थानमा रहेको छ ।

अब प्रतियोगितामा आज पनि दुई खेल हुनेछन । पहिलो खेल नेपाली समय अनुसार दिउसो सवा ४ बजेपछि कोलकता र चेन्नई सुपर किग्स बिच हुनेछ भने राति सवा ८ बजेपछि नेपालका स्टार क्रिकेटर सन्दिप लामिछानेको टिम दिल्लीले हैदराबादको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्