onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

मातृभुमि कप भव्यताका साथ सम्पन्न : जिग्री र ज्ञानेन्द्र मल्लको टिम बिजयी

चैत्र ३० , अनलाईन खेलखबर ।। धुर्मुस सुन्तली फ़ाउण्डेसनद्रारा चितवन भरतपुर स्थित रामपुरमा बनाउदै गरेको गौतम बुद्द अन्तराष्टिय क्रिकेट रङ्गशालाको निर्माणको सहयोगार्थ आज सनिवार किर्तिपुर स्थित त्रिवि अन्तराष्टिय क्रिकेट मैदानमा मातृभुमि कप च्यारिटि खेल सम्पन्न भएको छ ।

राष्टिय खेलाडी “ए ” र ” बि ” र कलाकार हरुको पनि ‘ए र बि हुने गरि मैत्रीपुर्ण च्यारिटि खेल आज भएको थियो । कलाकारको तर्फमा कलाकार ” ए ” बिजयी भएको थियो । भने राष्टिय खेलाडीहरुको मा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको खेलाडी ‘ बि ‘ बिजयी भएको थियो ।

च्यारिटी खेलको पहिलो खेल कलाकारहरुको बिच भएको थियो । जसमा सुरुमा ब्याटिङ्ग गर्दै ” ए ” ले निर्धारित १० ओवर पुरै खेल्दै ७६ रनको योगफल खडा गरेको थियो । ए का लागि कुमार कट्टेल ( जिग्री)ले सर्बाधिक २९ रनको पारि खेले । खेलका प्लेयर अफ द म्याच समेत घोषित भएका उनले २६ बलको सामना गर्दै ४ चौका र १ छक्काको मद्दतमा उक्त रन बनाएका थिए ।

यस्तै टिमका लागि दिलिप खड्काले ९ तथा हेमराज बिसीले १३ रनको योगदान गरेका थिए ।

बलिङ्ग तर्फ बि का लागि राजा राजेन्द्र , मिनराज पौडेल , शिशिर भन्डारि र मवोत्से गुरुङले समान १/१ विकेट लिएका थिए ।

यसपछि ७७ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ्ग गरेको कलाकार बि ले निर्धारित १० ओवर पुरै खेलेपनि ५ विकेट गुमाएर ७१ रनमा सिमित भएपछी टिम कलाकार “ए ” सँग ५ रनले पराजित हुन् पुग्यो ।

यस्तै आजको अर्को आकर्षक खेलमा राष्टिय खेलाडी ” बि ” ले ‘ए ” लाई २४ रनले पराजित गरेको थियो ।त्रिवि अन्तराष्टिय क्रिकेट मैदानमा राम्रो दर्शकहरुको साथ् रहेको खेलमा ” बि ” ले टस जितेर पहिले ब्याटिङ्ग गर्ने निर्णय गर्दै निर्धारित २० ओवर पुरै सामना गर्दै ५ विकेटको क्षतिमा १ सय ४४ रनको योगफल खडा गरेको थियो ।

बि का लागि ओपनर ब्याट्सम्यान प्रदिप एरिले राम्रो सुरुवात दिलाएका थिए । ५७ बलको सामना गरेका उनले ३ चौकाको मद्दतमा ४६ रनको महत्वपुर्ण पारि खेलेका थिए । यस्तै टिमका लागि बिनोद भण्डारीले ३० तथा दिपेन्द्र सिह एरिले १८ र राजु रिजालले २० रनको योगदान गरे ।

बलिङ्गमा ए का लागी भुवन कार्कीले सर्बाधिक २ विकेट लिए भने सोमपाल कामि , शरद भेषवाकर र अभिनाश बोहराले समान १/१ विकेट लिएका थिए ।

यसपछि राष्टिय खेलाडि ‘बि ” ले दिएको १ सय ४५ रनको मध्यम स्कोर पछ्याउदै जवाफी ब्याटिंग गरेको “ए “ले निर्धारित २० ओवर पुरै खेलेपनि ७ विकेटको क्षतिमा १ सय २० रनमा सिमित भएपछी नतिजा ” बि “ले आफ्नो पक्षमा पारेको थियो ।

“ए” का लागि अनिल कुमार शाहले सर्बाधिक ४१ रन तथा शरद भेषवाकरले २७ रन जोड्नु बाहेक अन्य खेलाडीले उल्लेख्य योगदान दिन नसक्दा टिम निराश हुन् पुग्यो । कप्तान पारस खड्काले ४ रन बनाए भने सुमित महर्जनले ७ रन बनाएर आउट हुन् पुगे ।

यस्तै पृथु बास्कोटाले ७ रन बनाउदा सोमपाल कामीले ८ रन बनाए ।

बलिङ्गमा ‘बि ” का लागि करन केसी र जितेन्द्र मुखियाले समान ३/३ विकेट लिए भने किशोर महतोले पनि १ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्