onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बिश्वकप छनोटमा नेपालको शानदार सुरुवात : सिङ्गापुर नेपाल सँग ठुलो अन्तरले पराजित

चैत्र २९ , अनलाईन खेलखबर ।। आज देखि मलेसियामा सुरु भएको अन्डर नाईण्टिन बिश्वकप एसिया छ्नोट क्रीकेट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा आज सिगापुरलाई २ सय १७ रनको बिशाल अन्तरले पराजित गर्दै प्रतियोगितामा शानदार सुरुवात गरेको छ ।

फोटो सौजन्य : रमन सिवाकोटी

खेलमा नेपालले दिएको २ सय ८३ रनको बिशाल बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ्ग गरेको सिंगापुर नेपाली बलर सामु पुरै निरिह साबित हुदै ३१ ओवरमा अलआउट हुदै मात्र ६५ रनमा सिमित हुन् पुग्यो ।

निकै कमजोर ब्याटिंग गरेको सिंगापुरका लागि ओपनर ब्याट्सम्यान साई वेणुगोपा ले १८ तथा ईशान सावनीले २८ रनको योगदान दिनु बाहेक अन्य खेलाडिहरुले उल्लेख्य योगदान दिन नसकेपछि टिमले लज्जास्पद हार व्यहोर्नु पर्यो । सिगापुर्का ४ खेलाडीले खाता सम्म खोल्न सकेका थिएनन ।

सिगापुरको ब्याटिङ्ग ध्वस्त पार्ने क्रममा नेपालका पवन सरार्फले उत्कृष्ट बलिङ्ग पेश गरे । ६ ओवर बलिङ्ग गरेका उनले ५ ओवर मेडन राख्दै मात्र ५ रन खर्चिएर ३ विकेट लिएका थिए । यस्तै टिमका लागि सुर्य तामाङ्ग र कुशल मल्लले समान २/२ बिकेट लिएका थिए । भने राशिद खानले पनि १ विकेट चटकाए ।

यसअघि मलेसिया क्वालालम्पुर स्थित सेलगोर टर्फ क्लबको खेल मैदानमा भएको खेलमा सिगापुरले ट्स जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको थियो । जस अनुसार नेपालले ४६ ओवरमा अलआउट हुदै २ सय ८२ रनको बिशाल योगफल खडा गरेको थियो ।

खेलमा नेपालको सुरुवात भने त्यति संतोषजनक भने हुन सकेको थिएन । सुरुवाती दुई ब्याट्सम्यानलाई नेपालले सस्तैमा गुमाएको थियो ।

पहिलो बिकेटका रुपमा नेपालले ओपनर रित गौतमलाई टिमको स्कोर ३ रन हुँदा ब्यक्तिगत १ रनमा दोस्रो ओवरमै गुमाएको थियो ।

यस्तै दोस्रो बिकेटका रुपमा नेपालले मोहम्मद आशिफ शेखलाई ८ रनमा गुमाएको थियो ।

यसपछि भने नेपालले राम्रो कमब्याक गर्दै तेस्रो विकेटका लागि नेपालका कप्तान रोहित कुमार पौडेल र पवन सरार्फ बीच ९० रनको साझेदारी भएपछी भने नेपाल बिशाल योगफल तर्फ अग्रसर भएको थियो । नेपालले तेस्रो विकेटका रुपमा पवन सरार्फलाई व्यक्तिगत ४७ रनमा गुमाएको थियो ।

अर्धसतकमा चुकेका उनले रोहित संग साझेदारी गर्दै नेपालको ईनिङ्ग उकास्न ठुलो योगदान गर्ने क्रममा ५३ बलको सामना गर्दै ४ चौका र २ छक्काको मद्दतमा उक्त रन बनाएका थिए । पवन आउट हुने बितिक्कै सन्दिप जोरा पनि सुन्य रनमा आउट हुन् पुगे ।

यसपछि भिम सार्कीले २६ तथा कुशल मल्लले क्रमश टिमका लागि २६ र १० रनको योगदान गर्दा राशिद खानले भने ४८ रनको योगदान टिमलाई गरे । रन आउट हुन् पुगेका उनले ४७ बलको सामना गर्दै ४ चौका र २ छक्काको मद्दतमा उक्त रन बनाए ।

यसपछि टिमका लागि कप्तानी पारी खेलेका रोहित कुमार पौडेल सतक प्रहार गर्न ५ रनले चुके । उत्कृष्ट ब्याटिंग गर्नेक्रममा उनले १ सय ५ बलको सामना गर्दै ७ चौका र १ छक्काको मद्दतमा उनले ९५ रनको पारी खेले । उनि टिमको आठौ विकेटका रुपमा ४५.१ ओवरमा टिमको स्कोर २ सय ७४ रन हुदा क्याच आउट हुन् पुगेका थिए ।

यस्तै टिमका लागि कमल सिह एरिले पनि ३१ रनको योगदान गरे ।

बलिङ्ग तर्फ सिगापुरका लागि अथर्व गुनेले सर्बाधिक ४ विकेट लिए भने राहुल शर्मा र विनित मेहराले समान २/ २ विकेट लिदा सिंघवीले १ विकेट लिन सफल भए ।

अब नेपालले प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेल भोलि सनिवार युएई बिरुद्द खेल्नेछ । प्रतियोगितामा नेपालसहित आयोजक मलेसिया , ओमान , सिगापुर , युएई र कुबेत रहेका छ्न । प्रतियोगिताको पहिलो स्थान हासिल गर्ने टिमले आगामी बिश्वकपमा स्थान बनाउने छ ।

प्रतिक्रिया दिनुहोस्