onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

रुपन्देही माथी सिवाईसी अत्तेरिया को शानदार जित

चैत्र १८ , अनलाईन खेलखबर || धनगढि मा जारी धनगढि प्रिमियर लिग ( डिपिएल ) को आज दोस्रो दिनको पहिलो खेल मा रुपन्देही च्यालेन्जर्स ९ विकेट ले सिवाईसी अत्तरिया सगँ पराजित भएको छ ।।

६१ रनको झिनो लक्ष्य पछ्याएको सिवाईसी अत्तेरिया ले मात्र १ विकेट गुमाएर ७.३ ओवर मा लक्ष्य भेटायो , अत्तरिया को जितमा गौरभ चितकारा ले सर्बाधिक ३० रन मा अबिजित रहे भने प्रेम तामाङ ले अबिजित १४ रनको योगदान गरेका थिए । यस्तै ओपनर सुबाश खकुरेल ले १९ रन बनाउदा जित्तेन्द्र मुखिया को बल मा आउट हुन पुगेका थिए थिए।

यस अगि एसएसपि क्रीकेट मैदान मा टस जितेर रुपन्देही ले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको रुपन्देही च्यालेन्जर्स ले निकै कमजोर सुरुवात गरेको थियो । १५.२ ओवर मा अलआउट हुदै मात्र ६१ रन बनाएको थियो । पहिलो बल मा पहिलो विकेट प्रदिप एरि लाई गुमाएको रुपन्देही ले सिवाईसी अत्तेरिया का बलर सामु निकै निरीह साबित भए । यसपछि १.२ औ ओवर मा बिक्रम कुमार भुषाल ले मात्र ८ बल बनाएर आउट हुन पुग्दा अर्को बल मा कमल सिंह एरि को सिकार हुन पुगेका थिए सागर पुन , यसपछि दिपक प्रसाद ले ५ रन बनाउदा शक्ति गौचन ले ८ रन बनाए शक्ति पभेलियन फर्किदा सम्म टिमले ५ ओवर मा २३ रन मात्र बनाएको थियो । यसपछि पनि रुपन्देही को विकेट लगातार जाने क्रम रोकिएन यसपछि सिद्धान्त लोहनी ले ४ रन मात्र बनाए यस्तै अर्का ब्याटसम्यान अमर सिहँ रौटेला ले १ रन बनाएर पभेलियन फर्किदा सुशन भारी ले शून्य रन मा आउट भएर फर्किदा टिम निकै कम स्कोर मा रह्दै दबाब झेल्दै थियो । यस रुपन्देही का लागि सर्बाधिक सुफ्यान मेहमुद ले २० रन बनाएका थिए ।भने दिपेश श्रेष्ठ ले २ रन बनाउदा जितेन्द्र मुखिया ले ७ रनको योगदान गरेका थिए ।

बलिङ तर्फ रुपन्देही को ब्याटिङ ध्वस्त गराउने क्रम मा अत्तेरिया का लागि कमल सिँह एरि ले उत्कृष्ट बलिङ प्रस्तुत गरे उनले सुरुवाती दबाब सिर्जना गदै महत्त्वपूर्ण ४ विकेट लिन सफल भएका थिए । यस्तै युराओ ले ३ विकेट लिदा कृष्ण कार्की र बिपिन चन्द्रा र दिपेन्द्र सिहँ एरि ले समान १/१ विकेट लिएका थिए ।

अब डिपिएल को दोस्रो दिनको दोस्रो खेल मा अब १ बजे पछि महेन्द्रनगर युनाईटेड र बिराटनगर किग्स बिच् हुदैछ ।

प्रतिक्रिया दिनुहोस्