onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

रुपन्देही को निकै कमजोर ब्याटिङ : ६१ रन बनाउदा अलआउट

चैत्र १८ , अनलाईन खेलखबर || धनगढि मा।जारी धनगढि पृमियर लिग ( डिपिएल ) को आज दोस्रो दिनको पहिलो खेल मा अहिले रुपन्देही च्यालेन्जर्स र सिवाईसी अत्तेरिया बिच जारी रहेको छ ।

एसएसपि क्रीकेट मैदान मा आज टस जितेर रुपन्देही ले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको रुपन्देही च्यालेन्जर्स ले निकै कमजोर सुरुवात गरेको थियो । १५.२ ओवर मा अलआउट हुदै मात्र ६१ रन बनाएको छ । पहिलो बल मा पहिलो विकेट प्रदिप एरि लाई गुमाएको रुपन्देही ले सिवाईसी अत्तेरिया का बलर सामु निकै निरीह साबित भए । यसपछि १.२ औ ओवर मा बिक्रम कुमार भुषाल ले मात्र ८ बल बनाएर आउट हुन पुग्दा अर्को बल मा कमल सिंह एरि को सिकार हुन पुगेका थिए सागर पुन , यसपछि दिपक प्रसाद ले ५ रन बनाउदा शक्ति गौचन ले ८ रन बनाए शक्ति पभेलियन फर्किदा सम्म टिमले ५ ओवर मा २३ रन मात्र बनाएको थियो । यसपछि पनि रुपन्देही को विकेट लगातार जाने क्रम रोकिएन यसपछि सिद्धान्त लोहनी ले ४ रन मात्र बनाए यस्तै अर्का ब्याटसम्यान अमर सिहँ रौटेला ले १ रन बनाएर पभेलियन फर्किदा सुशन भारी ले शून्य रन मा आउट भएर फर्किदा टिम निकै कम स्कोर मा रह्दै दबाब झेल्दै थियो । यस रुपन्देही का लागि सर्बाधिक सुफ्यान मेहमुद ले २० रन बनाएका थिए ।भने दिपेश श्रेष्ठ ले २ रन बनाउदा जितेन्द्र मुखिया ले ७ रनको योगदान गरेका थिए ।

बलिङ तर्फ अत्तेरिया का लागि कमल सिँह एरि ले उत्कृष्ट बलिङ प्रस्तुत गरे उनले सुरुवाती दबाब सिर्जना गदै महत्त्वपूर्ण ४ विकेट लिन सफल भएका थिए । यस्तै युराओ ले ३ विकेट लिदा कृष्ण कार्की र बिपिन चन्द्रा र दिपेन्द्र सिहँ एरि ले समान १/१ विकेट लिएका थिए ।

अब केही बेर पछी ६२ रनको झिनो सामन्य लक्ष्य पछ्याउँदै सिवाईसी अत्तेरिया ले जवाफी ब्याटिङ गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्