onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

च्यारिटी क्रिकेट खेलका लागी कलाकारहरुको तयारी अन्तिम चरणमा : खेल सनिवार हुने

चैत्र २८ ,अनलाईन खेलखबर ।। धुर्मुस सुन्तली फ़ाउण्डेसनद्रारा चितवन भरतपुर स्थित रामपुरमा बनाउदै गरेको गौतम बुद्द अन्तराष्टिय क्रिकेट रङ्गशालाको निर्माणको सहयोगार्थ यहि आउदो सनिवार किर्तिपुर स्थित अन्तराष्टिय क्रिकेट मैदानमा हुने मातृभुमि कप च्यारिटि खेलका लागि कलाकारहरुको तर्फ बाट आफ्नो आन्तरिक तयारी अहिले तिब्र गतिमा भईरहेको अवस्था छ ।

आज बिहिवार पनि चर्चित कलाकारहरु त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदानमा उपस्थित हुँदै खेलका लागि तयारी गरेका थिए । उनिहरुले नेटमा ब्याटिङ , बलिङ र सामान्य फिल्डिङको अभ्यास गरे ।

अभ्यास खेललाई हेर्दा लाग्थ्यो कलाकारहरुमा पनि यस च्यारिटी खेललाई लिएर छुट्टै उत्साह रहेको देखिन्थ्यो , उनिहरु पनि च्यारिटी खेलको ब्रेग प्रतीक्षामा रहेका छ्न । अघिल्लो सनिवार हुने तय भएको खेल बर्षाले गर्दा खेलनै प्रभावित हुन पुगेको थियो । र त्यसैको निरंतरतामा यहि आउदो चैत्र ३० अर्थात सनिवार यो च्यारिटि खेल हुनेछ ।

च्यारिटी खेलमा राष्टिय टिमको एउटा खेल र अर्को कलाकार बिच मैत्रीपूर्ण खेल हुनेछ ।

भिडीयो

राष्टिय खेलाडीहरुको खेल टी – ट्वान्टी खेलमा नेपाल “ए ” र ” बि ” बिच प्रतिष्पर्दा हुनेछ ।

भिडियो : सनिवार हुने मातृभुमी कप च्यारिटि खेलका बारे जानकारी दिदै : धुर्मुस

नेपाली राष्टिय क्रिकेट टिमका कप्तान समेत रहेका पारस खडकाको नेतृत्वमा रहेको नेपाल ” ए ” पारस सहित शरद भेषवार , अनिल कुमार शाह , ललित राजबम्शी सोमपाल कामि , अभिनाश बोहरा , सन्दिप जोरा , रोहित कुमार पौडेल , सुनिल धमला , कमल सिह एरि , आरिफ शेख र भुवन कार्की रहेका छन ।

भने नेपालि राष्टिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको नेपाल ” बि ” मा मल्ल सहित बिनोद भण्डारी , दिपेन्द्र सिह एरि , बसन्त रेग्मी , करन केसी , ललित भण्डारी , भिम कार्की , पवन सरार्फ , बिक्रम शोव , सुशन भारि , दिलिप नाथ र प्रदिप एरि रहेका छन ।

साथै च्यारिटि खेलमा कलाकारहरुको पनि साथ रहने छ । जसमा समर्थकका रुपमा कलाकार हरुले साथ दिने छन । जसमा कलाकार हरुको पनि १० ओवरको खेल हुने भनिएको छ ।

जसमा कलाकार टोली “ए ” मा मदन कृष्ण श्रेष्ठको कप्तानीमा सुनिल थापा, राजेश पायल राई, अनमोल केसी, प्रदीप खड्का, बद्री पंगेनी, सत्यराज आचार्य, शंकर बिसी, कुमार कट्टेल, कर्मा शाक्य, मवोत्से गुरुङ, सन्दिप क्षेत्री, मनिराम पोख्रेल, राजु ढकाल, दुर्गेश थापा, शिव हरि पौडेल, निर्मल शर्मा, सुरेन्द्र केसी र रमेश राज भट्टराई रहेका छन ।

भने हरिबंश आचार्यको कप्तानीमा रहेको कलाकार टोली ” बी ” मा निर शाह, भुवन केसी, सरोज खनाल, किरण केसी, आर्यन सिग्देल, दयाहांग राई, निश्चल बस्नेत, गौरव पाहारी, हेमन्त राना, हेमन्त शर्मा, पौल शाहा, अर्जुन घिमिरे, सुरज सिंह ठकुरी, स्वरूपराज आचार्य, रामजी खाड, शिव शंकर रिजाल, पशुपती शर्मा, राजा राजेन्द्र पोख्रेल र यश राज गराच रहेका छन ।

राष्टिय खेलाडी सँगै कलाकार बिच हुने क्रिकेट खेल रोमाञ्चक र मनोरंजनले भरिपुर्ण हुने अपेक्षा समेत गरिएको छ ।

यता च्यारिटी खेलको टिकटदर १ हजार र तीन सय रुपैयाँ तोकिएको छ । यता यसअघि बिक्रि भएको टिकट सनिवार हुने खेलमा मान्य हुनेछ ।

अब बाकी खेलको टिकट इसेवामार्फत पनि काट्न सकिने छ । साथै रंगशाला निर्माणको सहयोगार्थ स्वेच्छाले थप रकम दिन पनि सकिनेछ । च्यारिटी खेलमा टिकट मार्फत उठेको रकमको १५ प्रतिशत बाराका हुरी पिडितहरुलाई छुट्याउने फाउन्डेसनले घोषणा गरिसकेको छ ।

च्यारिटी खेललाई मैदानमा गई प्रत्यक्ष अबलोकन गर्न नसक्ने स्वदेश तथा विदेशमा रहेका दर्शकहरुलाई एपिवान टेलिभिजन मार्फत खेलको प्रत्यक्ष प्रशारण मार्फत खेललाई हेर्ने सक्ने ब्यबस्था मिलाईएको छ ।

प्रतिक्रिया दिनुहोस्