onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सुनिल धमला को हमला हुदाँ साहब आलम को ह्याटरिक् : काठमाडौ ले १ सय ४६ रनको लक्ष्य प्राप्त

चैत्र १७ , अनलाईन खेलखबर || नेपाली क्रीकेट ईतिहास कै सर्बाधिक ठूलो पुरस्कार राशी रहेको धनगढि पृमियर लिग ( डिपिएल ) को पहिलो उदघाटन खेल अहिले जारी रहेको छ ।

एसएसपि क्रीकेट मैदान धनगढी मा टस जितेर ज्ञानेन्द्र मल्ल ले कप्तानी मा रहेको काठमाडौ गोल्डेन्स ले पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो ।

टस हारी पहिले ब्याटिङ गर्न निम्तो पाएको सोमपाल कामी को कप्तानी मा रहेको टिम चौराहा धनगढि ले २० ओवर पुरै खेल्दै ६ विकेट गुमाएर १ सय ४५ रन बनाएको छ ।

टिम चौराहा धनगढी ले सुरुवात निकै नै राम्रो गरेको थियो , पहिलो बिकेट का लागि ५५ रनको साझेदारी हुदाँ ५.५ ओवर मा पुनित मिस्रा लाई गुमाएको टिम चौराहा ले दोस्रो बिकेट का रुपमा सङखर राना लाई ३६ रन मा गुमाएको थियो , यता ओपनर सुनिल धमला को एक अर्थसतकिय उत्कृष्ट पारी खेलेका छ्न उनले चौका र छ्क्का को बर्शात गर्दै ५७ बल मा ६८ रनको योगदान गरेका थिए , धमला ले टिम लाई ठूलो स्कोर तर्फ अग्रसर गराउदै गर्दा शाहब आलम को बल मा आउट हुन पुगे , यसपछि काठमाडौ ले निकै राम्रो कम ब्याक गर्यो १७ औं ओवर ले शाहब आलम ले ह्याटरिक् लिन सफल भए , १७.३ औ ओवर मा सुनिल धमला आउट हुदा , अर्को बल मा सोमपाल कामी आउट हुन पुगे र यस्को अर्को बल मा आलम का लागि ह्याटरिक् बल मा सोनु तामाङ सिकार बन्न पुगे यसपछि राजु रिजाल ले १० रन र योगेन्द्र कार्की ले अबिजित ५ रन बनाएका थिए ।

बलिङ तर्फ भने प्रतियोगिता को पहिलो ह्याटरिक् लिन सफल साहब आलम ले ३ विकेट लिदा रसिद खान , शनि पटेल र किशोर महतो को नाम मा समान १/१ विकेट हात पर्यो ।।।


अब केही बेरपछि काठमाडौ गोल्डेन ले १ सय ४६ रनको लक्ष्य पछ्याउँदै जबाफी ब्याटिङ गर्ने छ ।

चैत्र ३० गते सम्म चल्ने प्रतियोगिता मा कुल ६ टिम रहेका छ्न । आजको खेल एपिवान टेलिभिजन ले प्रत्यक्ष प्रशारण गरिरहेको छ । साथै अनलाईन मार्फत आईफ्लिक्स एप्स बाट पनि हेर्न सकिने छ ।

प्रतियोगिता मा काठमाडौ गोल्डेन्स , बिराटनगर किंग्स , महेन्द्रनगर युनाईटेड , टिम चौराह धनगढी , सिवाईसी अत्तेरिया र रुपन्देही च्यालेन्जर्स गरि कुल ६ टिम को सहभागिता रहेको छ | डिपिएल यस दोस्रो संस्करण सम्म आईपुग्दा निकै नै प्रसकृत भएको देखिन्छ । पहिलो पटक आईसीसी ले समेत प्रतियोगिता लाई मान्यता दिएँ पछि झनै डिपिएल को रौनक बढ्को देखिन्छ । आईसीसी को मान्यता पाएँसगै यसपटक बाट बिदेशी खेलाडी पनि यस प्रतियोगिता खेल्दै छन् |

नेपाली क्रीकेट ईतिहास मै सर्बाधिक तुलो पुरस्कार रहेको यस प्रतियोगिता को बिजेता टिमले २५ लाख , उपबिजेता ले १० लाख , तेस्रो हुने टिम ले ३ लाख र चौथो हुने टिम ले २ लाख नेपाली रुपैया पाउने छ्न ।यस्तै प्रतियोगिता को उत्कृष्ट खेलाडी लाई टिभिएस अपाचे १८० सिसि को मोटरसाइकल प्रदान गरिने छ भने प्रत्येक खेलको म्यान अफ द म्याच ले १० हजार नगद प्राप्त गर्ने छ्न । यस्तै डिपिएल को “मस्ट भ्यालुएवल प्लेयर ” ले नेपाली क्रीकेट ईतिहास मै पहिलो पटक गोल्डेन जुत्ता पुरस्कार पाउने भएका छ्न , जसलाई गोल्ड स्टार जुत्ताले प्रायोजक गरेको छ |

करिव १३ दिन सम्म चल्ने उक्त प्रतियोगिता मा ६ टिम को सहभागिता रहेको छ जसमा कुल १९ खेल समाबेश गरिएको छ । भने प्रतियोगिता को फाईनल खेल चैत्र ३० गते हुनेछ । प्रतियोगिता को नियम अनुसार शीर्ष दुई टिम क्वालिफायरमा पुग्नेछन्। तेस्रो र चौथोबीच एलिमिनेटर हुनेछ। र एलिमिनेटर मा बिजयी टोलि ले पहिलो क्वालिफायर को पराजित टिम सगँ दोस्रो क्वालिफायर खेल्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्