onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आईपिएलमा सन्दिपको टिम दिल्लीको तेस्रो जित

चैत्र २४ , अनलाईन खेलखबर ।। बिश्वको सबैभन्दा ठुलो तथा चर्चित् ईण्डियन प्रिमियर लिग ( आईपिएल ) अन्तर्गत आज आईतबार भएको प्रतियोगिताको २० औँ खेलमा सन्दिप लामिछानेको टिम दिल्ली क्यापिटत्सले रोयल च्यालेंजर्स बैंगलोर लाई ४ विकेटले पराजित गरेको छ ।


खेलमा बैंगलोरले दिएको १ सय ५० रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ्ग गरेको दिल्लीले उक्त चुनौती १८.५ ओवरमा मात्र ६ विकेटको क्षतिमा भेटायो । दिल्लीलाई सहज जित दिलाउन कप्तान श्रेयस अय्यरले महत्वपुर्ण पारी खेले । ५० बल सामना गरेका उनले ८ चौका र २ छक्काको मद्दतमा ६७ रनको योगदान गरे ।

मध्यम लक्ष्य पछ्याएको दिल्लीको सुरुवात पनि त्यति सन्तोषजनक भने हुन् सकेको थिएन । ईनिङ्गको पहिलो ओवरमै भरपर्दा ब्याट्सम्यान शिखर धवनलाई टिमले सुन्य रनमा गुमाएको थियो । यसपछि अर्का ओपनर पृथ्वी शाह पनि २८ बनाएर आउट हुन् पुगे । उनले केहि समय श्रेयस अय्यरलाई साथ दिदै दोस्रो विकेटका रुपमा यी दुई ब्याट्सम्यान बिच ६८ रनको साझेदारी हुन पुगेको थियो ।

यस्तै टिमका लागि कॉलिन इनग्रामले २२ रनको योगदान गरे भने ऋषभ पंतले १८ रन बनाएपछि दिल्लीले बैंगलोर माथि सहज जित हासिल गरेको हो ।

बलिङ्ग तर्फ बैंगलोरका लागि नभदिप साईनिले सर्बाधिक २ विकेट लिए भने मोईन अलि , मोहम्मद सिराज , टिम साउथी र पवन नेगीले समान १/१ विकेट लिएका थिए ।

यसअघि एम चिन्नास्वामी रंगशालामा भएको खेलमा दिल्लीले टस जितेर घरेलु टोली बैंगलोरलाई पहिले ब्याटिंगको निम्तो दिएको थियो । जसअनुसार बैंगलोरले निर्धारित २० ओवर पुरै खेल्दै ८ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो ।

खराब सुरुवात गरेको बैंगलोरले पहिलो विकेटका रुपमा टिमको स्कोर १.६ ओवरमा १६ रन हुदा ओपनर ब्याट्सम्यान पार्थिव पटेललाई व्यक्तिगत ९ रनमा गुमाएको थियो । उनि क्रिस मोरिसको बलमा सन्दिप लामिछानेको हात बाट क्याच आउट हुन् पुगेका थिए ।

यसपछि बैंगलोरले अर्का भरपर्दा ब्याट्सम्यान एबी डिविलियर्स लाई १७ रनमा गुमाएपछि टिमले केहि अप्ठयारो महसुश गरेको थियो । यसपछि टिम सम्हालिएर खेल्ने रणनीतिका साथ् ब्याटिङ्ग गरेको थियो । तर दुर्भाग्य मार्कस स्टोइनिसलाई टिमले लगत्तै सस्तैमा गुमायो । उनि मात्र १५ रन बनाएर आउट हुन् पुगे ।

यस्तै मोईन अलिले ३२ रनको योगदान गरे । चौथो विकेटका रुपमा पभेलियन फर्किएका उनले १८ बलमा १ चौका र ३ छक्काको मद्दतमा उक्त रन बनाउदै सन्दिप लामिछानेको बलमा आउट हुन् पुगेका थिए ।

र टिमका कप्तान बिराट कोहलीले टिमको लागि ४१ रनको योगदान गरे । ईनिङ्गको सर्बाधिक धेरै रन बनाउने क्रममा उनले ३३ बलको सामना गर्दै १ चौका र २ छक्काको मद्दतमा उनले उक्त रन बनाएका थिए । यस्तै टिमका लागि अक्षदीप नाथले पनि १९ रनको योगदान गरे ।

बलिङ्ग तर्फ दिल्लीका लागि कगिसो रबाडाले सर्बाधिक ४ विकेट लिए । भने क्रिस मोरिसले २ विकेट लिदा अक्षर पटेल र सन्दिपले समान १/१ विकेट लिए ।

सन्दिपको प्रदशन : नेपालका सन्दिप लामिछानेले ४ ओवर बलिङ्ग गर्दै ४६ रन खर्चिएर १ विकेट लिए । यो संगै जारी प्रतियोगितामा उनको विकेट सङ्गख्या ५ पुगेको छ ।

यसअघिका खेलमा केहि ईकोनोमि बलिङ्ग गरेका सन्दिप आज भने केहि महगा साबित भए । उनले ईनिङ्गको १० , १२ ,१५ र १७ औँ ओवर बलिङ्ग गरेका थिए । जसमा उनको पहिलो ओवरमा १० रन खर्चिएका उनले दोस्रो ओवरमा मात्र ६ रन दिए यस्तै तेस्रो ओवरमा उनले १ विकेटका साथमा ११ रन खर्चिएका थिए तर उनको अन्तिम ओवरमा भने उनि महगो साबित हुन् पुगे जसमा १९ रन खर्चिएका थिए ।

प्रतियोगितामा बैंगलोरको यो लगातार छ्ठौ हार हो । हार सगै बैंगलोरको प्ले अफ पुग्ने सम्भावना निकै कठिन बनेको छ । भने दिल्लीले सम्भावना अझ बलियो बनाएको छ । दिल्लीले ६ खेलबाट ३ मा जित ३ मा हार व्यहोर्दै अंकतालिकामा ६ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्