onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपाल को नजर अब बङ्लादेश तर्फ : जहाँ सन्दिप त्यहाँ हामी नेपाली

सलमान शाह ,अनलाईन खेलखबर ||अस्टेलिया को उच्च लिग बिग ब्यास मा तहल्का मचाएर नेपाली युवा स्टार क्रीकेटर सन्दिप लामिछाने आफ्नो नयाँ गन्तव्य को रुपमा रहेको बिश्वको अर्को चर्चित क्रीकेट प्रतियोगिता बङ्लादेश प्रिमियर लिग ( बिपिएल ) खेल्न अहिले उनी बङ्लादेश मा रहेका छ्न ।

यसअघि बिग ब्यास मा उत्कृष्ट प्रदशन गर्दै सबै को मन जितेका उनि त्यो लय का साथ बङ्लादेश मा पुगिसकेका छ्न । मेलबर्न स्टार्स सगँ ठूलो रकम मा अनुबन्धित सन्दिप ले टिमका सुरुवाती ४ खेल मा खेल्दै ८ बिकेट लिन सफल भएका थिए । उनको लोभलाग्दो लय अस्टेलिया मा पनि देखियो ।

अस्टेलिया सन्दिप का लागि ठूलो खुशी को माहोल बनाउने क्षण बन्यो । चार खेल मात्र खेले तर ४ खेल बाटै उनले आफ्नो नाम र सिग्गो देशको नाम बिश्व सामु चिनाउँन सफल भए ।

सन्दिप को सफलता पछि अहिले त यस्तो माहोल बनी सक्यो कि सन्दिप को देश नेपाल भनेर नेपाल लाई बिश्व ले चिन्न थालेका छ्न ,यसपछि कति ले नेपाल लाई खोज्न थाले, नेपाल लाई बिश्वभर चिनाउने मा बुद्द माउन्ट एभरेष्ट लगायत का कुरा हरु पछि अहिले त्यसमा सन्दिप को नाम पनि थपिएको छ ।

यस्तो सुनि रह्दा कस्तो गौरवान्वित बनाउँछ आहाँ ! यता क्रीकेट बाट ब्यक्तिगत र सिग्गो देशको नाम बिश्वभर फैलाउदै गरेका सन्दिप को क्रीकेट यात्रा भने एउटा चलचित्र को कथा भन्दा पनि रोचक र लोभलाग्दो रहेको छ ।

१८ बर्षिय लेग स्पिनर सन्दिप र्राष्ट्रिय क्रीकेट टोलि मा आगमन को कुरा होस या त्यो अघिल्लो बर्ष बिश्वको सबैभन्दा ठूलो र चर्चित लिग ईन्डियन प्रिमियर लिग ( आईपिएल ) मा दिल्ली मा आवद्ध जुन आफै मा पनि नेपाल का लागि कल्पना बाहिर को कुरा थियो तर मेहनती सन्दिप को खेल लाई त्यसबेला दिल्लि ले चिन्यो र अहिले बिश्वले चिन्दैछ ।

आईपिएल खेलेपछी सन्दिपले पछि फर्किएर हेर्नू परेको छैन , उनी क्रमश बाकी क्रीकेट का चर्चित लिग मा ठूलो रकम मा अनुबन्धित भएका छ्न , सन्दिप यस्ता भाग्यमानी खेलाडी पनि साबित भए जो क्रीकेट का चर्चित र ठुला भनिएका लिग मा खेल्ने बिरलै खेलाडी मध्य मा पर्छन ।

सन्दिप को सफलता मा सारा नेपाल जोडिएको छ , सानो देशका हामी लाई खुशी पार्ने माध्यम बनेका छ्न सन्दिप , सबैलाई जोड्ने काम अहिले सन्दिप ले गरिरहेका छ्न ,सन्दिप जहाँ पुग्छ्न त्यहाँ सिग्गो नेपाल पुगेको महसुस हामी लाई हुन्छ ।

सन्दिप को खुशी मा नेपाल खुशी छ , त्यसको पछिल्लो उदाहरण अस्टेलिया मा नेपाली ले सन्दिप प्रती देखाएको माया र सद्भाव ले प्रस्टै देखाएको थियो , यसमा हामी जानकार नै थियौ तर अस्टेलिया तथा विश्व ले पनि सन्दिप प्रती देखाएको सच्चा माया र सदभाव प्रती खुलेरै प्रसंशा समेत गरेका थिए , सन्दिप ले अस्टेलिया मा सुरुमा ४ खेल मात्र खेले तर खेल सन्दिप मय बनेको थियो , नेपाली मन ले सन्दिप प्रती देखाएको माया टेलिभिजन मा समेत एकदमै राम्रो र मोहित पार्ने खालको देखिएको थियो ।

अस्टेलिया मा राम्रो छाप छोडेका सन्दिप ले अब बङ्लादेश मा कस्तो गर्नेछ्न त्यो हेर्न लायक हुनेछ , तर सन्दिप को यो लय बङ्लादेश मा पनि जारी रहने आशा गरिएको छ । बङ्लादेश मा पनि नेपालि छोरोले झन्डा अबस्यै गाडने छ ।

अहिले यस्तो अबस्था सिर्जना भईसकेको छ कि सन्दिप एक्कै ले मैदान मा खेल्दैनन उनि सगैँ सिग्गो देश खेलेको हो कि भन्ने महसुस हुन्छ , सन्दिप जता पुग्छ्न नेपाल को ध्यान त्यतै तिर मोडिन्छ । र अहिले बङ्लादेश तर्फ पुगेको अबस्था छ् ।

अब सन्दिप ले यहि आउदो सनिवार बाट फेब्रुअरी ८ तारिख सम्म सन्चालन हुने बिपिएल मा सहभागी जनाउदै छ्न , अस्टेलिया मा निकै राम्रो गर्दा गर्दै किन सन्दिप बङ्लादेश पुगे भन्ने धेरै को प्रश्न उब्जन सक्छ , यो स्वाभाविक प्रश्न पनि हो , तर पुर्ब जानकारी अनुसार बिग ब्यास कै दौरान बङ्लादेश प्रिमियर लिग ( बिपिएल ) सुरु हुन लागेपछी बिग ब्यास का सुरुवाती ४ खेल आफ्नो टिम मेलबर्न स्टार्स बाट खेलेपछी पुर्ब निर्धारित सम्झौता अनुरुप उनि बिपिएल खेल्न बङलादेश पुगेका हुन ।

बिग ब्यास मा अनुबन्धित हुनु अघि नै सन्दिप ले आफ्नो ब्यस्तता र सम्झौता को पुर्ण जानकारी मेलबर्न सगँ राखेका थिए र सोही अनुरुप मेलबर्न ले पनि सन्दिप लाई अनुबन्धित गरेको थियो ।

उनी बिग ब्यास अधि नै बिपिएल मा अस्ट्रेलियन खेलाडी डेभिड वार्नर ले कप्तानी गर्ने स्यलहेट सिक्सर्स सगँ अनुबन्धित भएका थिए ।

निकै ब्यस्तता मा रहेका सन्दीप ले बङ्लादेश प्रिमियर लिग का क्रम मा नेपाल र युएई बिच हुने अन्तर्राष्ट्रिय सिरिज मा पनि सहभागी जनाउने खबर छ सिरिज जनवरि २५ देखि फेब्रुअरी ३ सम्म चल्नेछ उनी अहिले युएई भ्रमण को प्रारम्भिक २० सदस्य भित्र पनि रहेका छ्न ।

यसपछि उनको बङ्लादेश मा उनी आबद्ध टिम को यात्रा कस्तो गर्नेछ सोही कुरा ले उनको बाकि यात्रा तय गर्नेछ ।
यदि उनी आबद्ध टिम ले लिग को प्ले अफ स्थान बनाएको खन्डमा उनि पुन टिम मा फर्किने छन । यस्तै बिग ब्यास मा पनि सोही कुरा लागू हुनेछ बङलादेश प्रिमियर लिग फेब्रुअरी ८ तारिख सम्म चल्नेछ भने बिग ब्यास फेब्रुअरी १७ सम्म यदि टिम ले बिग ब्यास मा राम्रो गर्दै अन्तिम सम्म पुगेको खन्ड मा पनि उनी पुन बिग ब्यास खेल्न अस्टेलिया फर्किने छ्न ।

सन्दिप को टिम स्यलहेट सिक्सर्स मा पनि बिश्व चर्चित अनुहार हरुको बाक्लो उपस्थिति रहेको छ । चर्चित अस्टेलियन क्रीकेटर डेबिट वार्नर ले कप्तानि गर्ने टिम मा मोहम्मद ईरफान , सोहेल तन्बिर, इमरान ताहिर, लिटन दास, निकोलस पुरन, तस्किन एहमद, फाबियन एलेन , अल अमिन हुसेन, आन्द्रे प्लेचर जस्ता खेलाडीहरु रहेका छ्न ।

स्यलहेट सिक्सर्स को खेल तालिका

• जनवरी ६ – कोमिल्ला भिक्टोरिएन्स
• जनवरी ९ – चिट्टागोंग भिकिङ्गस
• जनवरी १२ – ढाका डाइनामाइट्स
• जनवरी १५ – कोमिल्ला भिक्टोरिएन्स
• जनवरी १६ – रंगपुर राइडर्स
• जनवरी १८ – ढाका डाइनामाइट्स
• जनवरी १९ – रंगपुर राइडर्स
• जनवरी २३ – खुल्ना टाईटन्स
• जनवरी २५ – राजशाही किंग्स
• जनवरी २६ – खुल्ना टाईटन्स
• जनवरी ३० – राजशाही किंग्स
• फेव्रुअरि १ – चिट्टागोंग भिकिङ्गस

प्रतिक्रिया दिनुहोस्