onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

युएई भ्रमण का लागि प्रारम्भिक टोलि को घोषणा : केही नयाँ अनुहार को आगमन

पुस १६ , अनलाईन खेलखबर || इमिरेट्स क्रिकेट बोर्ड र आईसीसी को पहल मा अर्को महिना माघ मा हुन गईरहेको नेपाल र युएई बिच को अन्तर्राष्ट्रिय श्रृङ्खला का लागि नेपाल ले आज प्रारम्भिक टोलि को घोषणा गरेको छ ।

फाईल फोटो

युएई भ्रमण का लागि आज घोषणा गरिएको टोलि मा केही नयाँ अनुसार सहित टिमको सार्बजनिक गरिएको छ । प्रारम्भिक टोलि ले अब काठमाडौ मा केही दिन तयारी गरि २० सदस्य बाट प्रदशन को आधार मा अन्तिम टोलि फेरि घोषणा गर्ने छ ।

आज सार्बजनिक गरिएको प्रारम्भिक टोलि को कप्तान मा पारस खड्का सहित ज्ञानेन्द्र मल्ल , सन्दिप लामिछाने , अभिनाश बोहरा , वसन्त रेग्मी , भिम सार्की , बिक्रम सोव , बिनोद भन्डारी , दीपेन्द्र सिँह एरि , करन केसि , ललित भन्डारी , ललित राजबम्शी , मोहम्मद आरिफ शेख , पवन सरार्फ , प्रदिप एरि , रोहित कुमार पौडेल , शरद भेषावकर , सोमपाल कामी , सन्दिप जोरा र सुशन भारी रहेका छ्न ।

नेपाल र युएई बिच सिरिज मा ३ एकदिवसिय र ३ नै टि -ट्वान्टी खेल हुनेछ । सुरुमा ३ एकदिवसिय खेल हुनेछ्न भने यसपछि टि -ट्वान्टी खेल हुनेछ ।

नेपाल ले सिरिज अन्तर्गत माघ ११ मा पहिलो एकदिवसिय  खेल खेल्नेछ दोस्रो माघ १२ मा हुनेछ भने माघ १४ तेस्रो एकदिवसिय खेल हुनेछ । यस्तै टि -ट्वान्टी को पहिलो खेल १७   गते हुनेछ दोस्रो १८ गते हुनेछ भने तेस्रो २० गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्