onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

मनाङ मर्स्याङ्दी ले चुम्यो शहिद स्मारक ए डिभिजन लिग को उपाधी

पुस १२ , अनलाईन खेलखबर । राजधानी मा जारी यस बर्षको पल्सर शहिद स्मारक ए डिभिजन लिगको विजेता सिग्नेचर मनाङ मर्स्याङ्दी बनेको छ । लिग मा अपराजित रहेको मनाङ मस्र्याङ्दी २ खेल बाकी रह्दै लिग च्याम्पियन बनेको हो ।

यसअघि का १० खेल मा लगातार जित निकालेको मनाङ का लागि संकटा विरुद्ध को खेल जितेको खन्डमा २ खेल अगाडि नै लिग को च्याम्पियन बन्ने अबस्था रहेको थियो ।

लिग मा मनाङ लाई पछ्याईरहेको लिग को दोस्रो स्थान मा रहेको सिएमजी संकटा क्लबलाई आज ३–१ ले हराउँदै मनाङ ले लिग को उपाधी उचालेको हो ।

आज सातदोवाटो स्थित एन्फा कम्प्लेक्समा मा भएको निकै महत्त्वपूर्ण खेल मा मनाङ ले आत्मघाती गोल बाट अग्रता लिएको थियो ।

पहिलो हाफ को अन्तिम तिर संकटाका रोशन पहाडी ले आत्मघाती गोल गर्न पुगे ।

यसपछि खेलको दोस्रो हाफ मा ८१ औं मिनेट मा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका पुजन उपरकोटी ले मनाङ का लागि दोस्रो गोल गरे । मनाङ ले ८६ औं मिनेट मा तेस्रो गोल गर्यो अडिलेजा सोमिडेले मनाङ का लागि तेस्रो गोल गरेका थिए ।

यसपछि संकटा का लागि खेलको ९१ औ मिनेट मा सेडरिक आवा ले एक सान्त्वना गोल फर्काएका थिए ।

यो बर्ष सहित मनाङ ले आठौ पटक लिग को उपाधी उचाल्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *