onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

सन्दिप आबद्ध मेलबर्न को जारी बिग ब्यास मा पहिलो जित : सन्दिप को उत्कृष्ट लय यथावत

पुस १२ , अनलाईन खेलखबर | नेपाल का युवा स्टार क्रीकेटर सन्दिप लामिछाने आवद्ध मेलबर्न स्टार्स ले बिग ब्यास मा पहिलो जित आज हासिल गरेको छ ।

आज भएको आफ्नो तेस्रो खेल मा सिड्नी सिक्सर्स लाई ५ बिकेट ले पराजित गरेको हो ।

खेल मा सिक्सर्स ले दिएको १ सय ३१ रनको बिजयी लक्ष्य पछयाउदै जवाफी ब्याटिङ गरेको मेलबर्न ले उक्त चुनौती १४ .५ ओवर मा मात्र ५ बिकेट गुमाएर भेटायो ।

मेलबर्न का लागि पेटर ले सर्बाधिक ७० रन को पारी खेलेपछी टिम सहज जित निकाल्यो उनले ३५ बलको सामना गर्दै ९ चौका र ३ छ्क्का समेत प्रहार गरे । यस्तै निक लारकिन ले २० तथा कप्तान ग्लेन म्याक्सबेल ले ८ रनको योगदान गरेका थिए ।

बलिग तर्फ सिडनी का लागि बेन ड्वारसिस ले ३ तथा र स्टेभ ले २ बिकेट लिए ।

यसअघि सिड्नी क्रिकेट मैदान सिड्नी मा जारी खेल मा सन्दिप को टिम मेलबर्न ले आज ट्स जितेर सिड्नी सिक्सर्स लाई पहिले ब्याटिङ गर्न निम्तो दिएको थियो ।

जसअनुसार सिड्नि ले निर्धारित २० ओवर पुरै खेल्दै ९ बिकेट गुमाएर १ सय ३० रन बनाएको थियो ।

सिड्नी सिक्सर्स का लागि जोडन सिल्क ले सर्बाधिक अबिजित रह्दै ४१ रनको पारि खेले। यस्तै सेन अबोट ले २२ तथा ड्यानिल ले २० रनको योगदान टिम का लागि गरे ।

बलिग तर्फ मेलबर्न का लागि ज्याकसन ले ३ तथा सन्दिप ले २ र ब्राबो ले पनि २ बिकेट लिए यस्तै जाम्पा र ग्लेन म्याक्सबेल ले पनि समान १/१ बिकेट लिए ।

यता नेपाल का सान सन्दिप को जारी लिग मा उत्कृष्ट लय जारी रहेको छ । आज को खेल मा पनि सन्दिप ले ४ ओवर गर्दै मात्र १८ रन खर्चिएर २ बिकेट लिए । यो सगैँ सन्दिप को जारी लिग मा ३ खेल बाट बिकेट सङ्ख्या ७ पुगेको छ । र अहिले सम्म उनी लिग मा सबैभन्दा धेरै बिकेट लिने सुचीको पहिलो स्थान मा रहेका छ्न ।

भिडियो –

आज को खेल मा उनले हनेरिक्स लाई ९ रनको अबस्थामा पभेलियन फर्काईदिएका थिए । उनी सन्दिप को ब्यक्तिगत दोस्रो ओवर अर्थात टिम को ९ औ ओवर को दोस्रो बल मा आउट हुन पुगेका थिए ।

यसपछि उनले दोस्रो बिकेट का रुपमा टोम कुरेन लाई ब्यक्तिगत तेस्रो ओवर को अन्तिम बल मा एलबिड्ब्लु को सिकार गराएका थिए उनले पनि मात्र २ रन बनाए ।

यसअघिका सुरुवाती दुई खेल मा पनि सन्दिप को प्रदशन राम्रो भएको थियो । उनले सबै लाई प्रभावित समेत गरेका थिए ।

उनले पहिलो खेल मा सिड्नी थन्डर्स ४ ओवर बलिग गर्दै ३६ रन खर्चिएर २ बिकेट लिएका थिए । उनको बल मा शेन वाटसन र क्यालम फर्गुसन आउट भएका थिए ।

यस्तै दोस्रो खेल मा होबर्ट हरिकेन्स विरुद्ध उनी झन ससक्त हुँदै किफायती बलिग गर्दै ३ बिकेट लिए । ४ ओवर बलिग गरेका उनले मात्र २४ रन खर्चिए ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *