onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सन्दिप आवद्ध मेलबर्न स्टार्स को आज तेस्रो खेल : सन्दिप उच्च लयमा

पुस १२ , अनलाईन खेलखबर | नेपाल का युवा स्टार क्रीकेटर सन्दिप लामिछाने आवद्ध मेलबर्न स्टार्स ले बिग ब्यास को आफ्नो तेस्रो खेल मा आज सिड्नी सिक्सर्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

यसअघि का दुई खेल मा पराजित मेलबर्न लाई आज को खेल निकै महत्त्वपूर्ण रहेको छ । ग्लेन म्याक्सवेल को कप्तानी मा रहेको मेलबर्न ले अहिले सम्म सोचे अनुरुप नतिजा आफ्नो पक्षमा मा पार्न सकेको छैन ।

तर सन्दिप ले भने टिम का लागि प्रभावित गरेका छ्न दुई खेल बाट किफायती बलिग गर्दै ५ बिकेट लिई सकेका छ्न तर टिम पराजित हुँदा त्यो बिकेट ले सुन मा सुगन्ध थपेको भने छैन ।

खेल नेपाली समय अनुसार दिउँसो २ बजेपछी
सिड्नी क्रिकेट मैदान सिड्नी मा हुनेछ ।खेलको प्रत्यक्ष प्रसारण नेपाल मा सोनि सिक्स र सोनि सिक्स एचडि तथा सोनि लिभ को मोबाईल एप्लिकेसन र वेबसाइट बाट पनि हुनेछ।

सन्दिप को टिम मेलबर्न अहिले अंकतालिका मा अन्तिम स्थान रहेको छ भने सिड्नी सिक्सर्स भने चौथो स्थान मा रहेको छ ।

सन्दिप उच्च लय मा

अस्टेलिया को उच्च लिग बिगब्यास मा सन्दिप को प्रदशन राम्रो हुदै गएको छ । उनले सबै लाई प्रभावित समेत गरेका छ्न । सुरुवाती २ खेल बाट उनले आफू लाई प्रमाणित गरिसकेका छ्न ।

उनले पहिलो खेल मा सिड्नी थन्डर्स ४ ओवर बलिग गर्दै ३६ रन खर्चिएर २ बिकेट लिएका थिए । उनको बल मा शेन वाटसन र क्यालम फर्गुसन आउट भएका थिए ।

यस्तै दोस्रो खेल मा होबर्ट हरिकेन्स विरुद्ध उनी झन ससक्त हुँदै किफायती बलिग गर्दै ३ बिकेट लिए । ४ ओवर बलिग गरेका उनले मात्र २४ रन खर्चिए

उनको यो प्रदशन बाट टिम पनि खुशी देखिएको छ सोही कारण आज को तेस्रो खेल मा पनि उनलाई निरन्तरता दिने सम्भावना प्रबल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्