onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बिग ब्यास मा सन्दिप को उत्कृष्ट बलिङ्ग जारी : आज पनि लिए ३ बिकेट

पुस ९ , अनलाईन खेलखबर || अस्टेलिया को उच्च लिग बिग ब्यास मा नेपाल का स्टार क्रीकेटर सन्दिप लामिछाने को उत्कृष्ट प्रदशन जारी रहेको छ ।

लिग को दोस्रो खेल मा सन्दिप ले आज पनि शानदार बलिग गरे । मेलबर्न स्टार्स मा आबद्ध उनले होबार्ट हरिकेन्स विरुद्ध को खेल मा महत्त्वपूर्ण ३ बिकेट लिए । ४ ओवर बलिग गरेका सन्दिप ले २४ रन खर्चिएर उक्त बिकेट लिएका थिए ।

उनले  एलेक्स डूलन , कप्तान मैथ्यू वेड र बेन मैकडरमोट लाई आउट गराए पनि टिम भने दोस्रो खेल मा पनि पराजित भएको छ ।

आज भएको खेल मा ट्स हारेर सन्दिप को टिम मेलबर्न ले नै पहिले ब्याटिङ गरेको थियो । २० ओवर पुरै खेल्दै ५ बिकेट गुमाएर १ सय ५५ रन बनाएको थियो । मेलबर्न का लागि कप्तान ग्लेन म्याक्सवेल र निक लारकिन ले सर्बाधिक समान ४५/४५ रनको पारी खेले ।

बलिग तर्फ होबार्ट का लागि जोफ्रा अरचेर ले ३ तथा सट ले २ बिकेट लिन सफल भए ।

यसपछि १ सय ५६ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ मा उत्रिएको
होबार्ट ले उक्त बिजयी लक्ष्य १८.४ ओवर मा मात्र ४ बिकेट गुमाएर भेटायो ।

टिम लाई जित दिलाउन कप्तान मैथ्यू वेड ले ५२ रनको पारी खेले ३७ बलको सामना गरेका उनले ५ चौका र १ छ्क्का समेत प्रहार गरे । उनी सन्दिप को बल मा क्याच आउट हुन पुगे ।यस्तै टिम का लागि डी आर्सी शर्ट ले पनि ३४ रन बनाए ।

बलिग तर्फ मेलबर्न का लागि सन्दिप ले किफायती बलिग गर्दै ३ बिकेट लिए भने स्कट बोल्लान ले पनि १ विकेट लिए ।

सन्दिप ले यसअघि डेब्यु खेल मा सिड्नी थन्डर विरुद्ध पनि ४ ओवर वलिग गर्दै ३६ रन खर्चिएर २ बिकेट लिएका थिए सो खेल पनि सन्दिप आवद्ध मेलबर्न १५ रनले पराजित हुन पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्