onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

ईपिएल फाइनल : ललितपुर ले दियो भैरहवा लाई संम्मानजनक चुनौती

पुस ७ , अनलाईन खेलखबर || नेपाली घरेलु क्रीकेट प्रतियोगिता को सबैभन्दा चर्चित क्रीकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) को फाईनल खेल अहिले जारी रहेको अबस्थामा छ ।

प्रतियोगिता को उपाधी का लागि आज ईपिएल मा अघिल्लो संस्करण को उपबिजेता भैरहवा ग्लाडियटर्स ले ज्ञानेन्द्र मल्ल को कप्तानी मा रहेको ललितपुर प्याट्रियट्स को सामना गरिरहेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुर मा आज भैरहवा ले टस जितेर पहिले फिल्दिंग गर्ने निर्णय गरेको छ । आज टस हारेर सुरुवाती ब्याटिंग गरेको ललितपुर् ले १९. १ ओ वर मा अलआउट हुदै १ सय ५५ रन बनाएको छ ।

सुरुवात देखि नै धेरै राम्रो सुरुवात गरेको ललितपुर् ले पहिलो बिकेट का रुपमा गौरभ तोमर लाई टिम को स्कोर ४१ रन हुदा गुमाएको थियो । ओप नर गौरभ ले २३ रन को पारि खेले । यस्तै टिम ले दोस्रो बिकेट का रुपमा कप्तान ज्ञानेन्द्र मल्ल लाई व्यक्तिगत १० रंन मा गुमायो । पवन सराफ भने आज सस्तै ५ रन मा पभेलियन फर्किए ।

यसपछि भने भैरहवा का लागि सन्दिप जोरा ले ईनिग लाई केहि उकास्ने क्रममा २४ रनको पारि खेले उनि भुवन कार्की को बल मा क्याच आउट हुन् पुगे । यस्तै ललितपुर का लागि ओपनर जय किशन ले स्रबाधिक ५७ रनको पारि खेले ।

बलिग तर्फ भैरहवा का किस्न कार्की ले सर्बाधिक ३ बिकेट लिए भने रायन टेन र मोहम्मद नाबेद ले पनि समान २/२ बिकेट लिए यस्तै शरद भेशवाकर  र  भुवन कार्की ले पनि १/१ विकेट लिन सफल भए ।

अब ललितपुर् ले दिएको१ सय ५६ रनको बिजयी लक्ष्य पछ्याउदै भैरहवा ले जवाफी ब्याटिङ्ग गर्ने छ ।

दुई फाईनालिस्ट ललितपुर र भैरहवा बिच लिग चरण मा भेट हुँदा भैरहवा ले ललितपुर विरुद्ध कमजोर प्रदशन गरेको थियो । भैरहवा ललितपुर सगँ ६ बिकेट् ले पराजित हुन पुगेको थियो ।

ट्स हारेर पहिले ब्याटिङ गरेको भैरहवा ले १९ ओवर मा अलआउट हुँदै मात्र ९३ रन बनाउन सफल भएको थियो । र सामान्य ९४ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको ललितपुर ले उक्त लक्ष्य १४.२ ओवर मा मात्र ४ बिकेट गुमाएर भेटाएको थियो ।

यो महत्त्वपूर्ण खेल जित्दै ललितपुर ले अंकतालिका मा पहिलो स्थान प्राप्त गर्दै पहिलो क्वालिफायर खेलेको थियो भने भैरहवा दोस्रो बाट तेस्रो स्थान मा पुग्दै एलिमिनेटर खेल्नु परेको थियो ।

अहिले सम्म को दुबै टिम प्रदशन नियाल्दा दुबै टिम निकै ससक्त देखिएका छ , खेल जता पनि जान सक्छ खेल रोमाञ्चक पक्कै हुने मा बिश्वास गरिएको छ्न ।

प्रतियोगिता को उपाधी उचाल्ने टिम ले नगद २५ लाख उचाल्ने छ भने उपबिजेता ले १० लाख पाउने छ । यस्तै प्रतियोगिता को उत्कृष्ट खेलाडी ले एउटा टिभिएस को मोटरसाइकल प्राप्त गर्नेछ्न ।

प्रतिक्रिया दिनुहोस्