onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

को पुग्ला त फाईनल भैरहवा कि काठमाडौ

पुस ५ , अनलाईन खेलखबर || टिभिएस एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) को आज दोस्रो क्वालिफायर खेल हुदैँछ ।

दोस्रो क्वालिफायर मा आज पहिलो क्वालिफायर मा पराजित भएको काठमाडौ किग्स ईलाभेन ले एलिमिनेटर को बिजेता भैरहवा ग्ल्याडीएटर्स को सामना गर्नेछ ।

त्रिवि अन्तरास्ट्रिय क्रीकेट मैदान किर्तिपुर मा हुने खेल पुर्ब निर्धारित समय भन्दा अगाडि साढे ११ बजेपछि हुने भएको छ । हिजो नै यस बिषय मा आयोजक ले जानकारी गराएको थियो । आयोजक का अनुसार केही आन्तरिक कुरा ले गर्दा खेल अगाडी गर्न लागिएको बताईएको छ ।

लिग चरण मा खेलेका ५ खेल मध्य काठमाडौ ले ४ खेल मा जित १ मा हार ब्यहोर्दै अंकतालिका मा दोस्रो हुँदै ललितपुर सगँ पहिलो क्वालिफायर खेलेको थियो । ललितपुर सगँ को खेल मा १ बिकेट ले पराजित भएको थियो ।

प्रतियोगिता को नियम अनुसार पहिलो क्वालिफायर को बिजेता टिम स्वंत फाईनल पुग्ने र पराजित टोलि लाई एक अर्को मौका स्वरुप एलिमिनेटर को बिजेता सगँ दोस्रो क्वालिफायर मा खेल्ने पाउने प्राबधान अनुसार काठमाडौ ले आज भैरहवा को सामना गर्दैछ ।

यस्तै भैरहवा ले लिग चरण मा खेलेका ५ मध्य ३ मा जित २ मा हार ब्यहोर्दै अंकतालिका मा तेस्रो स्थान हासिल गर्दै एलिमिनेटर को यात्रा तय गरेको थियो , बुधवार भएको ईलिमिनेटर खेल मा चितवन टाईगर्स लाई ४ बिकेट ले पराजित गर्दै भैरहवा ले पनि दोस्रो क्वालिफायर पक्का गरेको हो ।

आज को बिजेता टोलि ले सनिवार हुने प्रतियोगिता को फाईनल मा ललितपुर सगँ प्रतिस्पर्धा गर्नेछ ।

कुल ६ टिम को सहभागिता रहेको ईपिएल को बिजेता टोलि ले नगद २५ लाख र उपबिजेता ले १० लाख पाउनेछ्न । यस्तै प्रतियोगिता को उत्कृष्ट खेलाडी ले एउटा टिभिएस को मोटरसाइकल प्राप्त गर्नेछ्न ।

प्रतिक्रिया दिनुहोस्