onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आज मनिषामय बन्यो टियु क्रीकेट मैदान ( फोटोफिचर )

पुस ४ , अनलाईन खेलखबर || किर्तिपुर मा जारी घरेलु क्रीकेट को सबैभन्दा चर्चित क्रीकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) का खेलहरु अहिले जारी रहेको अबस्था छ , यसै क्रम मा आज बलियुड कि चर्चित नायिका मनिषा कोईराला को आगमन ले त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान , मनीषामय बनेको थियो ।

बलियुड मा आफ्नो अभिनय कला बाट सबै को मन जित्न सफल नायिका मनिषा ले आज बुधवार त्रिवि क्रीकेट मैदान मा उपस्थिति सबैको मन जितिन ।

प्रतियोगिता अन्तर्गत आज ईलिमिनेटर को खेल जारी थियो , जसमा भैरहवा र चितवन भिडिरहेका थिए , खेल को दोस्रो ईनिग को बिच मा मनिषा को मैदान मा आगमन भएको थियो ।

मनिषा आउने भनेपछि खेल हेर्न आएका दर्शक हरु मा छुट्टै उत्साह छाहेको थियो , उनी हरु मनिशा को एक झल्को हेर्न आतुर थिए । र त्यो नजिक बाट हेर्न चाहाना सबै को पूरा भयो , मनिशा खेल मैदान आए सगैँ खेल चलिरहेको अबस्था मा मैदान प्ररिक्रमा गर्दै खेल हेर्न आएका दर्शक हरु सबै लाई अभिबादन तथा धन्यवाद प्रकट गरिन ।

त्यो निकै सुन्दर र हेर्न लायक माहोल बनेको थियो । यसअघि पनि मनिषा अघिल्लो संस्करण को ईपिएल मा पनि टियु आएकी थिईन ।

सन १९७० मा नेपाल मा जन्मिएकी मनिषा बलियुड कि चर्चित र सम्मानिय अभिनेत्री हुन , उनले खेलेका थुप्रै हिन्दी चलचित्र हरु हिट छ्न , धेरै सम्मान बाट सम्मानित भईसकिकी मनिषा ले केही नेपाली चलचित्र मा पनि अभिनय गरेकि छिन ।

आफ्नो र सिग्गो देशको नाम बिश्वभर फैलाउन सफल मनिषा नेपाल कि शान मध्य कि एक हुन |

प्रतिक्रिया दिनुहोस्