onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

युएई सगँ अर्को महिना नेपाल ले अन्तर्राष्ट्रिय सिरिज खेल्दै

पुस ४ , अनलाईन खेलखबर || एकदिवसिय मान्यता प्राप्त नेपाल ले आफ्नो दोस्रो वैदेशिक सिरिज का लागि अर्को महिना जनवरि मा युएई जाने भएको छ ।

फाईल फोटो

एकदिवसिय र टि ट्वान्टी श्रीङ्खला मा ५ खेल हुने बताईएको छ । जसमा ३ एकदिवसिय र २ टि – ट्वान्टी हुने भनिएको छ ।

इमिरेट्स क्रिकेट बोर्ड र आईसीसी को पहल मा यो सिरिज हुन लागेको बताईएको छ , तर यसको बिस्तृत जानकारि अझै आएको भने छैन ।

एकदिवसिय मान्यता लाई सहि सदुपयोग गर्न का लागि यी यस्ता सिरिज हुन जरुरत छ । एकदिवसिय मान्यता प्राप्त गरेपछी नेपाल का लागि यो दोस्रो सिरिज हो । यसअघि साउन महिना मा नेदरल्यान्ड विरुद्ध एकदिवसिय सिरिज नेपाल ले खेलेको थियो । जहाँ दुई खेल भएका थिए ।

जस मा १/१ को बराबरी मा सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्