onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

अन्तिम बल मा सनसनिपुर्ण जित निकाल्दै ललितपुर ईपिएल को फाईनल मा प्रबेश

पुस ३ , अनलाईन खेलखबर || ईपिएल अन्तर्गत आज भएको पहिलो क्वालिफायर मा ज्ञानेन्द्र मल्ल को कप्तानी मा रहेको ललितपुर ले काठमाडौ किग्स ईलाभेन लाई रोमाञ्चक खेल मा १ बिकेट पराजित गरेको छ ।

यो जित सगै ललितपुर प्रतियोगिता को फाईनल प्रबेश गरेको छ । यता पराजित काठमाडौ ले अझै एक मौका पाउने छ , अब भोलि बुधवार हुने भैरहवा र चितवन बिचको एलिमिनेटर खेलको बिजेता सगँ बिहिवार काठमाडौ ले दोस्रो क्वालिफायर मा प्रतिस्पर्धा गर्नेछ । यहाँ बाट बिजयी टोलि पनि प्रतियोगिता को फाईनल पुग्नेछ ।

प्रतियोगिता को पहिलो क्वालिफायर मा आज काठमाडौ ले दिएको १ सय ९ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ मा उत्रिएको ललितपुर ले उक्त बिजयि लक्ष्य ईनिग को अन्तिम बल मा ९ बिकेट गुमाएर भेटायो ।

झिनो लक्ष्य पछ्याएको भएपनि ललितपुर लाई जित निकाल्न निकै मेहनत गर्नु पर्यो । सुरुवात देखि नै कसिलो बलिग गरेको काठमाडौ ले ललितपुर का ब्याट्सम्यान लाई खुलेर खेल्न दिएनन ।

ललितपुर ले ५४ रन बनाउदा आफना महत्त्वपूर्ण ५ बिकेट गुमाईसकेको अबस्था थियो । ओपनर गौरभ तोमर १ रन , जय किशन कोल्सावाला ७ रन , कप्तान ज्ञानेन्द्र मल्ल २१ रन , पवन सराफ १९ रन र सन्दिप जोरा सुन्य रन मा पभेलियन फर्किएका थिए ।

यस्तै टिम लाई सनसनिपुर्ण जित दिलाउन योगेन्द्र सिंह कार्की ले २८ रनको ठूलो योगदान गरे ।

बलिग तर्फ काठमाडौ का लागि प्रदिप साहु ले ३ बिकेट तथा केभिन ओ ब्राइन र रोहन मुस्तफा ले समान २-२ बिकेट लिए । यस्तै सम्साद सेख ले १ बिकेट लिन सफल भए ।

यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुर मा आज ट्स जितेर ललितपुर ले पहिले काठमाडौ लाई ब्याटिङ को निम्तो दिएको थियो ।

ट्स हारेर पहिले ब्याटिङ गरेको काठमाडौ ले ईनिग को एक बल बाकी रह्दा अलआउट हुँदै मात्र १ सय ८ रन बनाएको थियो ।

काठमाडौ का लागि कप्तान तथा ओपनर ब्याट्सम्यान रोहन मुस्तफा ले ३२ रनको पारी खेल उनी कुशल भुर्तेल को बलमा रन आउट हुन पुगे । यस्तै अर्का ओपनर अमित श्रेष्ठ ले ९ रनको पारी खेल्दा आउट हुन पुगे ।

यस्तै तेस्रो बिकेट का रुप मा आज यसअघि राम्रो ब्याटिङ गर्दै आएका आयरल्यान्ड का केभिन ओ ब्राईन लाई भने टिम ले सस्तै मा गुमायो उनिले केवल १ रन बनाए । यसपछि लगत्तै नरेश बुढाएर पनि १ रन बनाएर पभेलियन फर्किए । नरेश पछि राजु रिजाल पनि सुन्य रन मा आउट हुन पुगे ।

काठमाडौ को ईनिग यहाँ सम्म पुर्याउन सागर पुन ले पनि २९ रनको महत्त्वपूर्ण पारी खेले ।

बलिग तर्फ ललितपुर का लागि पवन सरार्फ र योगेन्द्र सिँह कार्की ले समान ३ बिकेट लिए भने शनि पटेल ले २ बिकेट लिए ।। ललित राजबम्शि ले पनि १ बिकेट लिन सफल भए ।

कुल ६ टिम को सहभागिता रहको ईपिएल को फाईनल आउदो पुस ७ गते सनिवार का दिन हुनेछ ।

ईपिएल को बिजेता टोलि ले नगद २५ लाख र उपबिजेता ले १० लाख पाउनेछ्न । यस्तै प्रतियोगिता को उत्कृष्ट खेलाडी ले एउटा टिभिएस को मोटरसाइकल प्राप्त गर्नेछ्न ।

प्रतिक्रिया दिनुहोस्