onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

ललितपुर ईपिएल को पहिलो क्वालिफायर का लागि छ्नोट

पुस १, अनलाईन खेलखबर || किर्तिपुर मा जारी घरेलु क्रीकेट प्रतियोगिता को सबैभन्दा चर्चित लिग एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) अन्तर्गत आज भएको खेल मा भैरहवा लाई ६ बिकेट ले पराजित गर्दै ललितपुर ईपिएल को पहिलो क्वालिफायर का लागि छ्नोट भएको छ ।

ललितपुर र भैरहवा ले लिग चरण को अन्तिम खेल खेल्दा ४ खेल मा जित निकाल्दै ललितपुर ले प्रतियोगिता को पहिलो क्वालिफायर का लागि छ्नोट हुन पुगेको हो । यता भैरहवा ले कुन स्थान प्राप्त गर्नेछ त्यो भोलि सोमबार हुने बिराटनगर र काठमाडौ बिचको खेल ले निर्धारण गर्नेछ ।

आज भएको महत्त्वपूर्ण खेल मा भैरहवा ले दिएको ९३ रनको सामान्य लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको ललितपुर ले उक्त बिजयी लक्ष्य १४.२ ओवर मा मात्र ४ बिकेट गुमाएर भेटायो ।

जयकिशन कोल्सावाला र पवन सरार्फ बिच चौथो बिकेट का लागि ४२ रनको साझेदारी भएपछि ललितपुर जित नजिक पुगेको थियो । ललितपुर को पनि सुरुवात त्यति राम्रो भने हुन सकेन , ३.३ ओवर भित्र आफ्ना महत्त्वपूर्ण ३ ब्याट्सम्यान लाई टिमको स्कोर २४ रन हुँदा गुमाएको थियो । जसमा गौरभ तोमर ले ९ रन , कप्तान ज्ञानेन्द्र मल्ल ले ४ रन र कुशल भुर्तेल ले २ रन बनाए ।

चौथो बिकेट का रुपमा पभेलियन फर्किएका पवन ले २५ रनको योगदान गरे । यस्तै जयकिशन कोल्सावाला २२ रन मा अबिजित रहे ।

बलिग तर्फ भैरहवा का लागि रयान टेन ले २ तथा मोहम्मद नाबेद र शरद भेषावकर ले समान १/१ बिकेट लिए ।

यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुर मा आज ट्स जितेर ललितपुर ले भैरहवा लाई पहिले ब्याटिङ को निम्तो दिएको थियो ।

ट्स हारेर पहिले ब्याटिङ गर्न उत्रिएको शरद भेषावकर को कप्तानी मा रहेको भैरहवा १९ ओवर मा अलआउट हुँदै मात्र ९३ रन बनाउन सफल भयो ।

ललितपुर का बलर सामु सुरु देखि नै खुलेर खेल्न भैरहवा का ब्याट्सम्यान ले सकेनन , सुरुवात मा ओपनरद्रय युएई का मोहम्मद नाबेद लाई २ रन र प्रदिप एरि लाई पनि समान २ रन मा गुमाए पछि खराव सुरुवात भैरहवा को हुन पुगेको थियो । दुबै बिकेट शनि पटेल ले लिएका थिए । यसपछि आक्रमक ब्याट्सम्यान का रुपमा आफू लाई उभाएका भारतिय ब्याट्सम्यान रबि ईन्दर सिँह लाई आज भने टिम ले सस्तै मा गुमाए पछि टिम केही मुस्किल मा आएको थियो । उनले २५ रनको योगदान भने गरे ।

रवि आउट हुने बित्तिकै मैदान प्रबेश गरेका कप्तान सरद भेषावकर पनि १ रन बनाएर आउट हुन पुगे ।

यसपछि पनि भैरहवाको बिकेट पतन क्रम नरोकिएपछि भैरहवा कम स्कोर मा समिटियो । भैरहवा का लागि नेदरल्यान्ड का ब्याट्सम्यान रायन टेन को ३७ रन नै ईनिग को सर्बाधिक ठूलो स्कोर हुन पुग्यो ।

सुरुवात देखि नै भैरहवा का ब्याट्सम्यान विरुद्ध कसिलो बलिङ प्रदशन गरेका ललितपुर का शनि पटेल ले सनशनि पुर्ण बलिग गर्दै ५ बिकेट लिए । यस्तै योगेन्द्र सिँह कार्की ले २ तथा ललित राजवम्शि ले १ बिकेट लिए ।

आजको खेल दुबै टिम का लागि धेरै नै महत्त्वपूर्ण रहेको थियो । आज खेल जसले जित्ने थियो प्रतियोगिता को पहिलो क्वालिफायर मा पुग्ने टिम बन्ने थियो ।

पहिलो क्वालिफायर मा पुस ३ गते मङ्गलबार अंकतालिका मा रहेका पहिलो र दोस्रो स्थान का टोलि भिडने छन । यहाँ बाट बिजेता टोलि सिदै प्रतियोगिता को फाईनल पुग्ने छ ।

पराजित टोलि एक अर्को सुनौलो मौका प्राप्त गर्नेछ । जुन बुधवार हुने एलिमिनेटर अर्थात अंकतालिका का तेस्रो र चौथो स्थान का टोलि बिच हुने प्रतिस्पर्धा को बिजयी टोलि सगँ बिहिवार दोस्रो क्वालिफायर मा खेल्न पाउने छ

प्रतियोगिता को फाईनल आउदो पुस ७ गते सनिवार का दिन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्