onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

धन्यवाद शक्ति

मङ्सिर २९ ,अनलाईन खेलखबर | नेपाली क्रिकेटका भेट्रान क्रिकेटर शक्ति गौचनले सबै किसिमका क्रिकेटबाट सन्यास लिएका छन् ।

अहिले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) अन्तर्गत आज सनिवार चितवन टाईगर्स विरुद्धनै शक्तिको क्रिकेट जिन्दगीको अन्तिम खेल हुन पुगेको छ ।

हजारौ दर्शकका सामु विदाई लिएका शक्ति केही भावुक समेत देखिए र उनि आफूलाई माया गर्ने ती समर्थकका सामु सम्हालिन सकेनन , मैदानमा उनी आशु सहित भावुक हुन पुगे ।

उनलाई पोखरा राईनोज र चितवन टाईगर्सका खेलाडीले समेत अन्तिम विदाईमा अबिस्मणिय साथ दिए । शक्तिलाई साथै खेल्ने खेलाडीले काधमा राखेर मैदान परिक्रमा समेत गराएका थिए । शक्तिले त्यही बेला सबैलाई अभिबादन तथा धन्यवाद दिए ।

शक्ति सन २००२ देखी नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित जस्तो सदस्य रहेका थिए । अन्तर्राष्ट्रिय खेलमा ह्याट्रिक गर्ने शक्ति एक मात्र पुरुष नेपाली क्रिकेट खेलाडी समेत हुन , नेपाली क्रिकेट यहाँ सम्म आईपुग्दा शक्तिको कति ठूलो योगदान रहेको छ त्यो शब्द मा बयान गर्न गार्हो हुने गर्छ ।  गाैचन ले नेदरल्याण्डस् विरुद्ध केही महिना अगाडि जीवनकाे अन्तिम अन्तर्राष्ट्रिय खेल खेलेका थिए।

हसिला अनुहारका सदैभ हासिरहने धेरै नै सरल मिजासिला शक्ति अब खेलाडीका रुपमा त मैदानमा नदेखिए पनि उनी क्रिकेटका अन्य पाटाहरुमा भने देखिने छ्न ।

विदाई पछि पत्रकारहरुसगँ आफ्ना अनुभव साटने क्रममा उनले क्रिकेटमै रहिरहने बाचा समेत व्यक्त गरे । अब उनलाई क्रिकेट प्रशिक्षक तथा ब्यबस्थापन मा हामी देख्न सक्नेछौ ।

उनले तपाईंको क्रिकेट जिन्दगीको सबैभन्दा ठूलो अबिस्वमणिय क्षण कुन हो भन्ने प्रश्नमा । उनले सन् २०१४ मा बङलादेशमा भएको आईसीसी टि – ट्वान्टी बिश्वकपमा नेपालको सहभागिता र प्रदशन आफ्नो जीवनको सबैभन्दा अबिस्मणिय क्षण रहेको उनले बताए । उनले ब्यक्तिगत रुपमा पनि बिश्वकपमा धेरै राम्रो गरेका थिए ।

यस्तै उनले सबैलाई धन्यवाद समेत दिए , समर्थक तथा मिडियालाई पनि विशेष धन्यवाद प्रकट गरे । शक्तिको विदाई आफैमा उनका लागि पनि राम्रो विदाई भएको उनको धारणा रहेको छ ।

Crazy fan of Legend Shakti Gauchan
Crazy fan of Legend Shakti Gauchan

प्रतिक्रिया दिनुहोस्