onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पोखरा ईपिएल बाट बाहिरिने पहिलो टिम बन्यो : काठमाडौ को प्ले अफ पुग्ने सम्भावना जिवितै

मङ्सिर २८ , अनलाईन खेलखबर || टियु क्रीकेट मैदान मा जारी घरेलु क्रीकेट प्रतियोगिता को सबैभन्दा चर्चित एभरेष्ट प्रिमियर लिग (ईपिएल ) अन्तर्गत आज को दोस्रो खेल मा काठमाडौ किग्स ईलाभेन द्रारा रोमाञ्चक खेलमा पोखरा राईनोज लाई ५ बिकेट ले पराजित गरेको छ ।

यो हार सगैँ पोखरा राईनोज प्रतियोगिता बाट बाहिरिने पहिलो टिम बनेको छ । यो पोखरा को लगातार चौथो हार हो , अब पोखरा ले अन्तिम एक खेल खेल्न बाकि रहेको छ । जुन खेल भोलि सनिबार चितवन विरुद्ध हुनेछ ।

यता काठमाडौ ले यो सहित २ मा जित र १ मा हार ब्यहोर्दै अंकतालिका मा ४ अंक जोडिसकेको छ । अब काठमाडौ ले २ खेल खेल्न बाकी रहेको छ ।

प्रतियोगिता मा ललितपुर र भैरहवा ले भने प्रतियोगिता को प्ले अफ मा आफ्नो स्थान पक्का बनाईसकेका छन ।

आज प्रतियोगिता को ११ औं खेल मा पोखरा ले दिएको १ सय ६६ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ मा उत्रिएको काठमाडौ ले उक्त लक्ष्य १९.२ ओवर मा ५ बिकेट गुमाएर भेटायो ।

चितवन को जित मा ओपनर रोहन मुस्तफा ले ४० रन , अमित श्रेष्ठ ले ११ रनको योगदान गरे । यस्तै आयरल्यान्ड का केभिन ओब्राईन ले सर्बाधिक अविजित रहदै ५४ रनको पारी खेलेपछी त्यो जित का लागि प्रयाप्त हुन पुग्यो । यस्तै सुब्रमैनम आनद ले २७ रन र सागर पुन ले १८ रनको योगदान टिम लाई गरे ।

बलिग तर्फ पोखरा का लागि बिक्रम सोव ले २ बिकेट लिए भने सुशन भारी र शक्ति गौचन ले समान १/१ बिकेट लिए ।

यसअघि प्रतियोगिता को ११ औं खेल मा सोमपाल कामी को कप्तानी मा रहेको काठमाडौ ले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको पोखरा ले निर्धारित २० ओवर पुरै खेल्दै ६ बिकेट गुमाएर १ सय ६५ रन खडा गरेको थियो ।

पोखरा का लागि ओपनर रिचार्ड लेभी र कप्तान कायल कोटलर ले राम्रो सुरुवात दिलाएका थिए । यी दुई बिदेशी ब्याट्सम्यान ले टिम लाई राम्रो सुरुवात दिलाउने क्रममा रिचार्ड ले ३८ रन र कायल ले ३७ रनको पारी खेले । यस्तै सुनिल धमला ले ९ रनको पारी खेले ।

यस्तै पाहुल कोग्लिन ले ३७ रन तथा बिनोद भन्डारी ले १७ रन बनाए ।

बलिग तर्फ काठमाडौ का लागि बिक्रम भुषाल र केभिन ओ ब्राईन ले समान २ बिकेट लिए भने सम्साद शेख तथा रोहन मुस्तफा पनि १/१ बिकेट लिन सफल भए ।

लिग चरण प्रत्येक टिम ले एक अर्का सगँ ५ खेल खेल्नेछ्न , यहाँ बाट अंकतालिका मा पहिलो र दोस्रो हुने ले पुस ३ गते पहिलो क्वालिफायर खेल खेल्नेछ्न । यहाँ बाट बिजयी टोलि सिदै प्रतियोगिता को फाईनल पुग्नेछ ।

यस्तै अंकतालिका मा तेस्रो र चौथो स्थान मा रहने टोलि ले पुस ४ गते एलिमिनेटर खेल खेल्नेछ्न । यसको बिजयि टोलि र पहिलो क्वालिफायर मा पराजित टोलि बिच पुस ५ गते दोस्रो क्वालिफायर खेल हुनेछ , बिजयी टोलि फाईनल पुग्नेछ ।

प्रतियोगिता को फाईनल पुस ७ गते सनिवार का दिन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्