onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पोखरा द्रारा काठमाडौ सामु १६६ रनको बिजयी लक्ष्य प्रस्तुत : पोखरा लाई जित्नै पर्ने दबाब

मङ्सिर २८ , अनलाईन खेलखबर || टियु क्रीकेट मैदान मा जारी घरेलु क्रीकेट प्रतियोगिता को सबैभन्दा चर्चित एभरेष्ट प्रिमियर लिग (ईपिएल ) मा अहिले काठमाडौ किग्स ईलाभेन र पोखरा राईनोज ले प्रतिस्पर्धा गरि रहेका छन ।

आज प्रतियोगिता को ११ औं खेल मा सोमपाल कामी को कप्तानी मा रहेको काठमाडौ ले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको पोखरा ले निर्धारित २० ओवर पुरै खेल्दै ६ बिकेट गुमाएर १ सय ६५ रन खडा गरेको छ ।

पोखरा का लागि ओपनर रिचार्ड लेभी र कप्तान कायल कोटलर ले राम्रो सुरुवात दिलाएका थिए । यी दुई बिदेशी ब्याट्सम्यान ले टिम लाई राम्रो सुरुवात दिलाउने क्रममा रिचार्ड ले ३८ रन र कायल ले ३७ रनको पारी खेले । यस्तै सुनिल धमला ले ९ रनको पारी खेले ।

यस्तै पाहुल कोग्लिन ले ३७ रन तथा बिनोद भन्डारी ले १७ रन बनाए ।

बलिग तर्फ काठमाडौ का लागि बिक्रम भुषाल र केभिन ओ ब्राईन ले समान २ बिकेट लिए भने सम्साद शेख तथा रोहन मुस्तफा पनि १/१ बिकेट लिन सफल भए ।

अब काठमाडौ ले १ सय ६६ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ मा उत्रिने छ ।

अहिले अंकतालिका मा पोखरा राईनोज अन्तिम मा रहेको छ । यदि प्रतियोगिता को प्ले अफ पुग्न संभावना जिवित राख्न पोखरा ले स्पस्ट जित हासिल गर्नु पर्ने हुन्छ । पोखरा ले यसअघि लगातार ३ खेल मा पराजित हुन पुगेको थियो ।

यस्तै काठमाडौ अंकतालिका मा पाचौं स्थान मा छ । २ खेल बाट १ मा जित र १ हार ब्यहोरेको काठमाडौ लाई पनि प्ले अफ पुग्न आज को खेल निकै महत्त्वपूर्ण रहेको छ ।

यसअघि नै ललितपुर र भैरहवा ले भने प्रतियोगिता को प्ले अफ मा आफ्नो स्थान पक्का बनाईसकेका छन ।

लिग चरण प्रत्येक टिम ले एक अर्का सगँ ५ खेल खेल्नेछ्न , यहाँ बाट अंकतालिका मा पहिलो र दोस्रो हुने ले पुस ३ गते पहिलो क्वालिफायर खेल खेल्नेछ्न । यहाँ बाट बिजयी टोलि सिदै प्रतियोगिता को फाईनल पुग्नेछ ।

यस्तै अंकतालिका मा तेस्रो र चौथो स्थान मा रहने टोलि ले पुस ४ गते एलिमिनेटर खेल खेल्नेछ्न । यसको बिजयि टोलि र पहिलो क्वालिफायर मा पराजित टोलि बिच पुस ५ गते दोस्रो क्वालिफायर खेल हुनेछ , बिजयी टोलि फाईनल पुग्नेछ ।

प्रतियोगिता को फाईनल पुस ७ गते सनिवार का दिन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्