गर या मर को स्थिति मा चितवन ले बिराटनगर लाई दियो विशाल बिजयी चुनौति  : जोन र दिपेन्द्र बिच ठूलो साझेदारी

गर या मर को स्थिति मा चितवन ले बिराटनगर लाई दियो विशाल बिजयी चुनौति : जोन र दिपेन्द्र बिच ठूलो साझेदारी

मङ्सिर २८ , अनलाईन खेलखबर || ईपिएल अन्तर्गत गर या मर को स्थिती मा रहेको चितवन ले अहिले बिराटनगर को सामना गरिरहेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान मा आज बिराटनगर ले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो ।

ट्स हारेर पहिले ब्याटिङ गर्ने उत्रिएको पृथु बास्कोटा को चितवन टाईगर्स ले निर्धारित २० ओवर पुरै खेल्दै ४ बिकेट गुमाएर १ सय ९६ रन खडा गरेको छ ।

सुरुवाती देखि नै राम्रो सुरुवात गरेको चितवन का लागि पाहुल स्टलिङ र सन्दिप सुनार बिच ओपनिग पहिलो बिकेट का लागि ४४ रनको साझेदारी गरेका थिए ।

सन्दिप पहिलो बिकेट् का रुपमा ३० रन मा पभेलियन फर्किएका थिए । यसपछि अर्का ओपनर पाहुल स्टेलिङ लाई टिमको स्कोर ९६ रन हुँदा ले १५ रन बनाएपछि आउट हुन पुगे ।

यसपछि ईङ्ल्यान्ड का जोन सिमसोन र दीपेन्द्र सिँह एरि बिच राम्रो साझेदारी हुन पुग्यो । तेस्रो बिकेट का लागि यी दुई बिच ६९ रन को साझेदारी हुन पुगेको थियो ।

तेस्रो बिकेट का लागि चितवन ले दीपेन्द्र सिँह एरि लाई गुमाएको थियो । २२ बलको सामना गरेका उनले ३२ रनको पारि खेले । यसपछि जोन सिमसोन ले ईनिग कै सर्बाधिक पारि खेल्ने क्रम मा ७८ रनको पारी खेले ४४ बलको सामना गरेका उनले ६ चौका र ५ छ्क्का प्रहार गरे । यस्तै स्कट ले अबिजित २४ रनको योगदान टिम लाई गरे ।

बलिग तर्फ बिराटनगर का लागि कप्तान पारस खडका , वसन्त रेग्मी, करन केसि र रोलेफ ले समान १/१ बिकेट लिएका थिए ।

अब १ सय ९७ रनको विशाल लक्ष्य पछ्याउदै डिफेन्डिङ च्याम्पियन बिराटनगर ले जवाफी ब्याटिङ गर्नेछ ।

यसअघि लगातार ३ खेल मा पराजित भएको चितवन ले प्रतियोगिता मा रहि रहने झिनो आशा जिवित राख्न पनि आज को खेल मा स्पष्ट जित हासिल गर्नु पर्नेछ ।

यता पारस खड्का को बिराटनगर ले यसअघि का ३ खेल मध्य २ मा जित र १ हार सहित अहिले अंकतालिका को तेस्रो स्थान मा रहेको हुँदा यदि आज जित निकाले को खन्ड मा प्ले अफ मा पुग्ने लगभग पक्का हुनेछ ।

हाल सम्म अंकतालिका मा ललितपुर शीर्षस्थान मा छ । ललितपुर ले खेलेका ४ खेल मध्य ३ मा जित र १ हार सहित ६ अंकसहित अंकतालिका को पहिलो स्थान मा रहेको छ । यस्तै समान ६ अंक भएपनि नेट रनरेट मा पछि पर्दै भैरहवा दोस्रो स्थान मा रहेको छ । भैरहवा लगातार ३ खेल मा जित हासिल गर्दै ललितपुर सगैँ प्ले अफ स्थान सुरक्षित गरिसकेको छ ।

यस्तै अंकतालिका मा बिराटनगर वारियर्स तेस्रो , काठमाडौ चौथो र पाचौ र छ्ठौँ क्रमश : चितवन र पोखरा रहेका छ्न ।

लिग चरण प्रत्येक टिम ले एक अर्का सगँ ५ खेल खेल्नेछ्न , यहाँ बाट अंकतालिका मा पहिलो र दोस्रो हुने ले पुस ३ गते पहिलो क्वालिफायर खेल खेल्नेछ्न । यहाँ बाट बिजयी टोलि सिदै प्रतियोगिता को फाईनल पुग्नेछ ।

यस्तै अंकतालिका मा तेस्रो र चौथो स्थान मा रहने टोलि ले पुस ४ गते एलिमिनेटर खेल खेल्नेछ्न । यसको बिजयि टोलि र पहिलो क्वालिफायर मा पराजित टोलि बिच पुस ५ गते दोस्रो क्वालिफायर खेल हुनेछ , बिजयी टोलि फाईनल पुग्नेछ ।

प्रतियोगिता को फाईनल पुस ७ गते सनिवार का दिन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *