onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

ईपिएल क्रीकेट , आज रेस्ट डे : भोलि बाट पुन खेलहरु सुचारू हुने

मङ्सिर २७ , अनलाईन खेलखबर || किर्तिपुर मा जारी घरेलु क्रीकेट प्रतियोगिता को चर्चित लिग एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) मा आज बिहिवार कुनै खेल रहेका छैनन , भोलि बाट भने पुन खेल हरु सुचारु हुनेछन ।

सनिवार बाट सुरु भएको प्रतियोगिता अहिले मध्य तिर आईपुगेको छ पुस ७ गते सम्म चल्ने प्रतियोगिता मा कुल ६ टिमको सहभागिता रहेको छ ।

हाल सम्म अंकतालिका मा ललितपुर शीर्षस्थान मा छ । ललितपुर ले खेलेका ४ खेल मध्य ३ मा जित र १ हार सहित ६ अंकसहित अंकतालिका को पहिलो स्थान मा रहेको छ । यस्तै समान ६ अंक भएपनि नेट रनरेट मा पछि पर्दै भैरहवा दोस्रो स्थान मा रहेको छ । भैरहवा लगातार ३ खेल मा जित हासिल गर्दै ललितपुर सगैँ प्ले अफ स्थान सुरक्षित गरिसकेको छ ।

फाईल फोटो

यस्तै अंकतालिका मा बिराटनगर वारियर्स तेस्रो , काठमाडौ चौथो र पाचौ र छ्ठौँ क्रमश : चितवन र पोखरा रहेका छ्न ।

अब प्रतियोगिता अन्तर्गत भोलि शुक्रबार पनि दुई खेल हुने छ्न । पहिलो ९ बजेपछि डिफेन्डिङ च्याम्पियन बिराटनगर ले चितवन को सामना गर्नेछ । भने दोस्रो खेल मा १ बजेपछी पोखरा ले काठमाडौ को सामना गर्नेछ ।

लिग चरण प्रत्येक टिम ले एक अर्का सगँ ५ खेल खेल्नेछ्न , यहाँ बाट अंकतालिका मा पहिलो र दोस्रो हुने ले पुस ३ गते पहिलो क्वालिफायर खेल खेल्नेछ्न । यहाँ बाट बिजयी टोलि सिदै प्रतियोगिता को फाईनल पुग्नेछ ।

यस्तै अंकतालिका मा तेस्रो र चौथो स्थान मा रहने टोलि ले पुस ४ गते एलिमिनेटर खेल खेल्नेछ्न । यसको बिजयि टोलि र पहिलो क्वालिफायर मा पराजित टोलि बिच पुस ५ गते दोस्रो क्वालिफायर खेल हुनेछ , बिजयी टोलि फाईनल पुग्नेछ ।

प्रतियोगिता को फाईनल पुस ७ गते सनिवार का दिन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्