onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

काठमाडौ माथी ललितपुर को शानदार जित : जित सगैँ ललितपुर पनि ईपिएल को प्ले अफ मा प्रबेश

मङ्सिर २६ , अनलाईन खेलखबर || त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुर मा जारी ईपिएल मा आज सगैँ ४ खेल बाट ३ मा जित निकाल्दै ललितपुर ले पनि प्रतियोगिता को प्ले अफ को स्थान सुरक्षित गरेको छ ।

फाईल फोटो

यसअघि आजै बिराटनगर लाई पराजित गर्दै साबिकको उपबिजेता भैरहवा ले पनि प्ले अफ को स्थान बनाईसकेको थियो ।

प्रतियोगिता को नवौ तथा आजको दोस्रो खेल मा ज्ञानेन्द्र मल्ल को कप्तानि मा रहेको ललितपुर ले सोमपाल कामी को काठमाडौ किग्स ११ लाई शानदार १० बिकेट ले पराजित गरेको छ ।

आज भएको खेल मा ट्स जितेर काठमाडौ ले पहिले ब्याटिङ गरेको थियो । पहिले ब्याटिङ गर्ने क्रम मा काठमाडौ १९.५ ओवर मा अलआउट हुँदै मात्र १ सय ९ रन खडा गरेको थियो ।

काठमाडौ का लागि आयरल्यान्ड का केभिन ओ ब्राईन ले ४२ रन तथा सिद्धान्त लोहनी ले २१ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान ले उल्लेख्य योगदान टिमलाई दिन नसक्दा टिम कम स्कोर मा रोकिन बाध्य भयो ।

काठमाडौ लाई कम स्कोर मा रोक्न ललितपुर का बलर पवन सरार्फ को तारिफयोग्य प्रदसन रहयो उनले ४ ओवर बलिग गरेर २२ रन खर्चिदै सर्बाधिक ३ बिकेट लिए साथै ललितपुर का लागि रासिद खान र योगेन्द्र सिँह कार्की ले पनि २/२ बिकेट लिए भने शनि पटेल ले पनि १ बिकेट हात पारे ।

यसपछि ललितपुर ले १ सय १० रनको बिजयी लक्ष्य पछ्याउदै जवाफि ब्याटिङ गर्यो । र ओपनरद्रय जयकिशन कोल्सावाला र गौरभ तोमर ले उत्कृष्ट ब्याटिङ गरेपछी त्यो जित का ओपनिग साझेदारी नै प्रयाप्त भयो । निकै आक्रमक ब्याटिङ गरेका दुबै ब्याट्सम्यान अबिजित रह्दै १०.३ ओवर भित्र बिजयी लक्ष्य सजिलै भेटाए ।

आक्रमक ब्याटिङ गरेका तोमर लाई साथ दिएका जयकिशन कोल्सावाला ले २७ रन मा अबिजित रह्दा , आज का खेल का नायक गौरभ तोमर पनि अबिजित ८० रनको पारी खेल्दै टिम लाई शानदार जित दिलाए । ३५ बलको सामना गरेका उनले ९ चौका र ५ छ्क्का प्रहार गरेका थिए ।

पहिलो खेल मा बिराटनगर सगँ ३ बिकेट ले पराजित भएपछी भने ललितपुर ले आज सहित लगातार ३ खेल मा बिजयी प्राप्त गरेको छ ।

यता यो काठमाडौ को पहिलो हार हो , यसअघि काठमाडौ ले चितवन टाईगर्स लाई ६ बिकेट ले पराजित गरेको थियो ।

अब प्रतियोगिता मा भोलि बिहीवार कुनै खेल रहेका छैनन , शुक्रबार बाट पुन प्रतियोगिता का खेलहरु हुनेछ्न ।

प्रतिक्रिया दिनुहोस्