onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

डिफेन्डिङ च्याम्पियन बिराटनगर को खराव ब्याटिङ आज पनि दोहोरियो : भैरहवा लाई सामान्य बिजयी लक्ष्य

मङ्सिर २६ , अनलाईन खेलखबर || किर्तिपुर मा जारी घरेलु क्रीकेट प्रतियोगिता को सबैभन्दा चर्चित एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) अन्तर्गत आजको पहिलो खेल मा अहिले बिराटनगर र भैरहवा भिडिरहेका छन ।

प्रतियोगिता को पाचौं दिनको पहिलो खेल मा सरद भेषावकर को टिम भैरहवा ले पारस खड्का को टिम बिराटनगर सगँ अहिले सामना गरिरहेको छ ।

आज त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान मा ट्स जितेर भैरहवा ले बिराटनगर लाई पहिले ब्याटिङ को निम्तो दिएको छ । ट्स हारेर पहिले ब्याटिङ गर्ने क्रम मा बिराटनगर ले १८.४ ओवर मा अलआउट हुँदै मात्र ९१ रन बनाएको छ ।

बिराटनगरको खराब सुरुवात आज पनि देखियो टिमको स्कोर २० रन हुँदा सुरुवाती ४ ब्याट्सम्यान लाई बिराटनगर ले गुमाएको थियो । पारश खड्का , अनिल कुमार शाह र बावर हायत ले क्रमश : १,४, ६ रन बनाए भने आसिफ शेख ले खाता खोल्न समेत सकेनन । जारी प्रतियोगिता मा डिफेन्डिङ च्याम्पियन ले ब्याटिङ मा संतोषजनक प्रद्सन गर्दै आएको भने छैन ।

सुरुवाती ४ ब्याट्सम्यान लाई सस्तै मा गुमाएको बिराटनगर का लागि रोलेफ ले २५ रन , सुमित महर्जन ले १५ रन , करन केसि ले १८ तथा हरि चौहान ले अबिजित १३ रन को योगदान दिदै स्कोर लाई तन्काएका थिए ।

निकै कसिलो बलिग गरेको भैरहवा का लागि युएई का मोहम्मद नाबेद् ले सर्बाधिक ४ बिकेट लिए , यस्तै कृष्ण कार्की ले २ तथा रायन टेन र अभिनाश बोहरा ले समान १/१ बिकेट लिए ।

अब ९२ रनको सामान्य लक्ष्य पछ्याउदै भैरहवा ले जवाफी ब्याटिङ गर्नेछ ।

भैरहवा र बिराटनगर ले जारी प्रतियोगिता मा सुरुका दुई खेल जितिसकेका छन । भैरहवा ले पहिलो खेल मा पोखरा लाई ४ बिकेट ले पराजित गरेको थियो भने दोस्रो खेल मा चितवन लाई १२ रनले पराजित गरेको थियो ।

यस्तै डिफेन्डिङ च्याम्पियन बिराटनगर ले पनि सुरुवाती लगातार दुई खेल मा जित निकालि सकेको छ ।पहिलो खेल मा ललितपुर लाई ३ बिकेट ले पराजित गरेको बिराटनगर ले दोस्रो मा पोखरा लाई सुपर ओवर मा ७ रनले पराजित गरेको थियो ।

आज को खेल सगैँ दुबै टिम जितको खोजी मा हुनेछ्न र प्ले अफ मा आफ्नो स्थान पक्का गर्न चाह्न्छ्न ।आज को बिजेता सिदैँ प्ले अफ मा पुग्नेछ ।

हाल सम्म अंकतालिका मा ४ अंक सहित ललितपुर शीर्षस्थान मा छ । यस्तै दोस्रो मा बिराटनगर रहेको छ , तेस्रो मा भैरहवा , चौथो मा काठमाडौ , पाचौ मा चितवन र अन्तिम मा पोखरा राईनोज रहेको छ ।

जारी खेल लाई एपिवान टेलिभिजन मार्फत प्रत्यक्ष हेर्न सकिने छ । यस्तै अनलाईन नेपालफ्लिक्स का माध्यम बाट संसार भर हेर्न सकिनेछ । पछिल्लो समय नेपालफ्लिक्स ले आफ्नो युटुभ च्यानल बाट पनि प्रत्यक्ष प्रशारण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्