अहिले जारी भैरहवा र बिराटनगर को खेल मा , पहिले बिराटनगर ले ब्याटिङ गर्दै

अहिले जारी भैरहवा र बिराटनगर को खेल मा , पहिले बिराटनगर ले ब्याटिङ गर्दै

मङ्सिर २६ , अनलाईन खेलखबर || किर्तिपुर मा जारी घरेलु क्रीकेट प्रतियोगिता को सबैभन्दा चर्चित एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) अन्तर्गत आजको पहिलो खेल मा अहिले बिराटनगर र भैरहवा भिडिरहेका छन ।

प्रतियोगिता को पाचौं दिनको पहिलो खेल मा सरद भेषावकर को टिम भैरहवा ले पारस खड्का को टिम बिराटनगर सगँ अहिले सामना गरिरहेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान मा ट्स जितेर अहिले भैरहवा ले बिराटनगर लाई पहिले ब्याटिङ को निम्तो दिएको छ ।

भैरहवा र बिराटनगर ले जारी प्रतियोगिता मा सुरुका दुई खेल जितिसकेका छन । भैरहवा ले पहिलो खेल मा पोखरा लाई ४ बिकेट ले पराजित गरेको थियो भने दोस्रो खेल मा चितवन लाई १२ रनले पराजित गरेको थियो ।

यस्तै डिफेन्डिङ च्याम्पियन बिराटनगर ले पनि सुरुवाती लगातार दुई खेल मा जित निकालि सकेको छ ।पहिलो खेल मा ललितपुर लाई ३ बिकेट ले पराजित गरेको बिराटनगर ले दोस्रो मा पोखरा लाई सुपर ओवर मा ७ रनले पराजित गरेको थियो ।

आज को खेल सगैँ दुबै टिम जितको खोजी मा हुनेछ्न र प्ले अफ मा आफ्नो स्थान पक्का गर्न चाह्न्छ्न ।आज को बिजेता सिदैँ प्ले अफ मा पुग्नेछ ।

हाल सम्म अंकतालिका मा ४ अंक सहित ललितपुर शीर्षस्थान मा छ । यस्तै दोस्रो मा बिराटनगर रहेको छ , तेस्रो मा भैरहवा , चौथो मा काठमाडौ , पाचौ मा चितवन र अन्तिम मा पोखरा राईनोज रहेको छ ।

जारी खेल लाई एपिवान टेलिभिजन मार्फत प्रत्यक्ष हेर्न सकिने छ । यस्तै अनलाईन नेपालफ्लिक्स का माध्यम बाट संसार भर हेर्न सकिनेछ । पछिल्लो समय नेपालफ्लिक्स ले आफ्नो युटुभ च्यानल बाट पनि प्रत्यक्ष प्रशारण गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *