onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

मैत्रीपुर्ण फुटबल खेल मा ब्राजिल र जर्मनी भिडदै : खेल रोमाञ्चक हुने आशा

चैत्र १३ , अनलाईन खेलखबर || जुन १४ देखि रुस मा हुने बिश्वकप फुटबल को पुर्बसन्धा मा अहिले विभिन्न अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल भैरहेको अबस्थामा छ । यसै बिच मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज जहाँ ब्राजिल र जर्मनी भिडदै छ्न ।

फिफा बरियता क्रम मा पनि जर्मनी र बार्जिल क्रमश पहिलो र दोस्रो स्थान मा रहेका टिम हुन । यस अर्थ यो खेल निकै प्रतीक्षासाथ हेरिएको छ ।

ब्राजिल पाँचपटकको विश्वविजेता टिम हो भने जर्मनीले पनि चारपटक विश्वकप जितिसकेको टिम हुँदा आज राति हुने खेल निकै नै रोमाञ्चक हुने बिश्वास लिईएको छ ।

फाईल फोटो || यस खेललाई सन् २००२ को विश्वकपको रिक्यापका रूपमा हेरिएको छ । जहाँ जर्मनीलाई हराउँदै ब्राजिलले उपाधि जितेको थियो ।

यसअघि भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले रुसमाथि सहज जित निलकोको थियो भने जर्मनी स्पेनसँग बराबरीमा रोकिएको थियो ।

ब्राजिल र जर्मनी सन् २०१४ को विश्वकपमा पनि भिडेका थिए । जहाँ ब्राजिल जर्मनीको हातबाट ७–१ लज्जास्पद हार व्यहोर्दै प्रतियोगिताबाटै बाहिरिएको थियो ।

तसर्थ पनि आजको खेल निकै महत्त्वपूर्ण हुनेछ । जहाँ ब्राजिल जर्मनीसँग सन् २०१४ को बदला लिने दाउमा हुनेछ ।

खेल मंगलबार राति अर्थात बुधबार नेपाली १२ः३० बजेबाट सुरु हुनेछ ।

यस्तै आज नै फ्रान्स र रसिया बिच खेल हुदैछ जुन ९ : ३५ नेपाली समय अनुसार हुँदै छ भने अर्को स्पेन र अर्जेन्टिना बिच १:१५ बजे राती हुदैछ र ईङ्ल्यान्ड र ईटाली बिच पनि राती १२ :४५ मा अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल हुदैछ ।।

प्रतिक्रिया दिनुहोस्