onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

ईपिएल कै ईतिहास मा सबैभन्दा रोमाञ्चक खेल : सुपर ओवर मा बिराटनगर ले पोखरा लाई हरायो

मङ्सिर २५ , अनलाईन खेलखबर || एभरेष्ट प्रिमियर लिग को ईतिहास मै सबैभन्दा रोमाञ्चक बनेको खेल मा सुपर ओवर मा डिफेन्डिङ च्याम्पियन बिराटनगर वारियर्स ले पोखरा राईनोज लाई ७ रनले पराजित गरेको छ ।

पोखरा राईनोज ले दिएको झिनो ८५ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ मा उत्रिएको बिराटनगर माथी पोखरा का बलर ले पनि उत्कृष्ट प्रदशन गरेपछी १९.३ ओवर मा ८४ रन मा बिराटनगर ले सबै बिकेट गुमाएपछि खेल सुपर ओवर मा पुगेको हो ।

सुपर ओवर मा पहिले ब्याटिङ गरेको बिराटनगर ले १ ओवर भित्र २० रन बनायो , बिराटनगर का लागि करन केसि ले २० रन बनाए उनले क्रमश २, २ , ६ , २ , ६ ,२ रन प्रहार गरे ।

यसपछि पोखरा ले सुपर ओवर मा पाएको २१ रन को बिजयी चुनौती लाई पछ्याउदै जवाफी ब्याटिङ गर्यो तर १३ रन मा समिटियो र रोमाञ्चक खेल मा बिराटनगर ले सनशनि पुर्ण जित हासिल गरेको छ ।

फाईल फोटो

सुपर ओवर अघि बिराटनगर ले आज पोखरा ले दिएको मात्र ८५ रनको झिनो बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको थियो ।

सुरुवात देखि नै बिराटनगर ले पनि खराब ब्याटिङ गर्यो । टिमको स्कोर ४५ हुदा ५ बिकेट गुमाईसकेको अबस्था थियो , यसपछि पनि बिकेट पतन भईरह्यो । कम स्कोर पछ्याउदै जवाफी ब्याटिङ गरेको भएपनि पोखरा का बलर सामु बिराटनगर का ब्याट्सम्यान पनि चल्न सकेनन , झिनो बिजयी लक्ष्य भएको भएर बिराटनगर लक्ष्य नजिक त पुग्यो तर ढिलो भईसकेको थियो ।

अन्तिम ओवर मा बिराटनगर लाई जित्न मात्र ४ रनको आबस्यकता त थियो तर महत्त्वपूर्ण १ बिकेट मात्र हात मा थियो त्यसतो मा ओवर को तेस्रो बल मा ८४ को अबस्था मा अन्तिम बिकेट बिराटनगर ले गुमाएपछि खेल सुपर ओवर मा गएको हो ।

यसअघि आज त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान मा ट्स जितेर बिराटनगर ले पोखरा लाई पहिले ब्याटिङ को निम्तो दियो ।

ट्स हारेर पहिले ब्याटिङ गर्ने मौका पाएको पोखरा ले निर्धारित २० ओवर पुरै खेल्दै ७ बिकेट को क्षतिमा ८४ रन खडा गरेको थियो ।

पोखरा का लागि अघिल्ला दुई खेल मा धेरै राम्रो ब्याटिङ गरेका बिदेशी खेलाडी रिचार्ड लेभी र कप्तान काइल कोएट्जर ले आज भने चल्न नसक्दा टिम सुरुवात देखि लरखराउनु पुग्यो । लेभी र काईल आज सस्तै मा आउट हुन पुगे लेभी ले ३ रन बनाए भने काईल ले ४ रन बनाउदाँ आउट हुन पुगे ।

यसपछि त बिकेट पतन को सिलसिला रोकिएन , पाहुल कोग्लिन ले २० रन र राजेश पुलामी मगर ले १७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान ले उल्लेख्य योगदान गर्न असफल भएपछी टिम कम स्कोर मा समिटियो ।

निकै राम्रो बलिग गरेको बिराटनगर का लागि
पल भान मिकिरिन ले ३ बिकेट लिए भने रोल्फ भान डर मर्वे ले २ तथा वसन्त रेग्मी र समित पटेल ले समान १/१ बिकेट लिएका थिए ।

डिफेन्डिङ च्याम्पियन समेत रहेको बिराटनगर जसको कप्तानी पारस खड्का ले गर्दै आएका छ्न । यसअघि १ खेल खेलिसकेको विराटनगर ले पहिलो खेल मै बिजयी सुरुवात गरेको थियो र दोस्रो खेल मा पोखरा लाई पनि पराजित गर्दै जारी प्रतियोगिता मा राम्रो सुरुवात गरिरहेको छ । प्रतियोगिता को उद्घाटन खेल मा ललितपुर लाई बिराटनगर ले ३ बिकेट ले पराजित गरेको थियो ।

भने पोखरा राईनोज को बिपरित देखिएको छ आज सहित लगातार ३ खेल बाट पराजित हुन पुगे पछि अब पोखरा का लागि प्ले अफ पुग्ने सम्भावना कठिन बनेको छ ।

यसअघि भैरहवा सगँ ४ बिकेट र ललितपुर सगँ ८ बिकेट ले पराजित भएको पोखरा अहिले अंकतालिका मा अन्तिम स्थान मा रहेको छ ।अब पोखरा ले काठमाडौ किग्स ११ र चितवन टाईगर्स सगँ खेल्न बाकी रहेको छ ।

अब प्रतियोगिता अन्तर्गत आजै १ बजेपछि चितवन र भैरहवा बिच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्