onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बिराटनगर का बलर सामु पोखरा को ब्याट् चलेन : पोखराद्रारा बिराटनगर का लागि झिनो लक्ष्य प्रस्तुत

मङ्सिर २५ , अनलाईन खेलखबर || ईपिएल को आज चौथो दिन को पहिलो खेल मा अहिले बिराटनगर वारियर्स र पोखरा राईनोज भिडिरहेका छ्न ।

आज त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान मा ट्स जितेर बिराटनगर ले पोखरा लाई पहिले ब्याटिङ को निम्तो दियो ।

ट्स हारेर पहिले ब्याटिङ गर्ने मौका पाएको पोखरा ले निर्धारित २० ओवर पुरै खेल्दै ७ बिकेट को क्षतिमा ८४ रन खडा गरेको छ ।

पोखरा का लागि अघिल्ला दुई खेल मा धेरै राम्रो ब्याटिङ गरेका बिदेशी खेलाडी रिचार्ड लेभी र कप्तान काइल कोएट्जर ले आज भने चल्न नसक्दा टिम सुरुवात देखि लरखराउनु पुग्यो । लेभी र काईल आज सस्तै मा आउट हुन पुगे लेभी ले ३ रन बनाए भने काईल ले ४ रन बनाउदाँ आउट हुन पुगे ।

यसपछि त बिकेट पतन को सिलसिला रोकिएन , पाहुल कोग्लिन ले २० रन र राजेश पुलामी मगर ले १७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान ले उल्लेख्य योगदान गर्न असफल भएपछी टिम कम स्कोर मा समिटियो ।

निकै राम्रो बलिग गरेको बिराटनगर का लागि पल भान मिकिरिन ले ३ बिकेट लिए भने रोल्फ भान डर मर्वे ले २ तथा वसन्त रेग्मी र समित पटेल ले समान १/१ बिकेट लिएका थिए ।

अब बिराटनगर ले ८५ रनको झिनो बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गर्नेछ ।

फाईल फोटो

डिफेन्डिङ च्याम्पियन समेत रहेको बिराटनगर जसको कप्तानी पारस खड्का ले गर्दै आएका छ्न । यसअघि १ खेल खेलिसकेको विराटनगर ले पहिलो खेल मै बिजयी सुरुवात गरेको छ । प्रतियोगिता को उद्घाटन खेल मा ललितपुर लाई बिराटनगर ले ३ बिकेट ले पराजित गरेको थियो ।

भने पोखरा राईनोज को यसअघि लगातार २ खेल मा पराजित भएको छ , यदि प्रतियोगिता मा रहि रहन आजको खेल पोखरा का लागि निकै महत्त्वपूर्ण रहेको छ । ब्याटिङ धेरै राम्रो देखिए पनि बलिग मा कमजोर प्रदशन हुन पुग्दा यश अघि ठुलो स्कोर खडा गरेपनी पोखरा हार ब्यहोर्न बाध्य हुँदै आएको छ ।

अहिले जारी खेललाई एपिवान टेलिभिजन मार्फत प्रत्यक्ष हेर्न सकिने छ । यस्तै अनलाईन नेपालफ्लिक्स का माध्यम बाट संसार भर हेर्न सकिनेछ । पछिल्लो समय नेपालफ्लिक्स ले आफ्नो युटुभ च्यानल बाट पनि प्रत्यक्ष प्रशारण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्