onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

चितवन ले दियो काठमाडौ लाई १ सय ६१ रनको बिजयी चुनौती

मङ्सिर २४ , अनलाईन खेलखबर || जारी घरेलु क्रीकेट को सबैभन्दा चर्चित क्रीकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) अन्तर्गत अहिले चितवन टाईगर्स र काठमाडौ किग्स ईलाभेन बिच प्रतिस्पर्धा भईरहेको छ ।

प्रतियोगिता को तेस्रो दिनको पहिलो खेल मा पृथु बास्कोटा को चितवन र सोमपाल कामि को काठमाडौ भिडिरहेका छ्न ।

त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुर मा आज ट्स जितेर काठमाडौ ले चितवन लाई पहिले ब्याटिङ गर्ने निम्तो दिएको थियो ।

ट्स हारेर पहिले ब्याटिङ गर्ने क्रम मा चितवन ले १९.५ ओवर मा अलआउट हुँदै १ सय ६० रन बनाएको छ ।

सुरुवात राम्रो गरेको चितवन ले पहिलो बिकेट का लागि ओपनिग ५३ रनको साझेदारी गरेको थियो । टिमले पहिलो बिकेट का लागि ४.१ ओवर मा भरपर्दा ब्याट्सम्यान पाहुल स्टलिङ लाई ब्यक्तिगत ३४ रन मा गुमाएको थियो । यसपछि चितवन का लागि सन्दिप सुनार ले २५ रन तथा दीपेन्द्र सिँह एरि ले ४५ रनको पारी खेले । दीपेन्द्र को पारी ईनिग को सर्बाधिक हुन पुग्यो । यस्तै कप्तान पृथु बास्कोटा २० रन मा अबिजित रहे ।

बलिग तर्फ काठमाडौ का लागि प्रदिप साहु र सम्साद शेख ले समान ३/३ बिकेट लिए भने सागर पुन , केभिन ओब्राईन र अमर सिँह रौटेला ले पनि १/१ बिकेट लिन सफल भए ।

अब १ सय ६१ रनको बिजयी लक्ष्य पछ्याउदै काठमाडौ ले जवाफी ब्याटिङ गर्नेछ ।

जारी प्रतियोगिता मा चितवन् को यो दोस्रो खेल हो । यसअघि पहिलो खेलमा ललितपुर सगँ ११ रनले पराजित भएको थियो । यता काठमाडौ को यो पहिलो खेल हो ।

प्रतिक्रिया दिनुहोस्