onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

ईपिएल तेस्रो दिन : आज पनि चार टिम ले प्रतिस्पर्धा गर्ने

मङ्सिर २४ , अनलाईन खेलखबर || त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुर मा जारी नेपाली घरेलु क्रीकेट को सबैभन्दा चर्चित एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) अन्तर्गत प्रतियोगिता को तेस्रो दिन आज पनि दुई खेल हुनेछ्न ।

बिहान ९ बजेपछि सुरुहुने पहिलो खेल मा काठमाडौ किग्स ईलाभेन ले चितवन टाईगर्स को सामना गर्नेछ । भने दोस्रो खेल मा १ बजेपछि ललितपुर प्याट्रीएट्स ले पोखरा राईनोज को सामना गर्नेछ ।

जारी प्रतियोगिता मा ललितपुर को कप्तानी ज्ञानेन्द्र मल्ल ले गरेका छ्न भने चितवन टाईगर्स को पृथु बास्कोटा , काठमाडौ को सोमपाल कामी र पोखरा को स्कटल्याण्ड का कायल कोटजर ले गरिरहेका छ्न ।

जारी प्रतियोगिता मा ललितपुर ले दुई खेल खेलिसकेको अबस्था छ , पहिलो उद्घाटन खेल मा बिराटनगर सगँ ३ बिकेट ले पराजित भए पनि दोस्रो खेल मा भने ललितपुर ले चितवन टाईगर्स लाई ११ रनले पराजित गरेको छ । यो ललितपुर को तेस्रो खेल हो ।

यस्तै चितवन र पोखरा को आज दोस्रो खेल हुदैछ । यसअघि चितवन ललितपुर सगँ ११ रनले पराजित भएको थियो भने पोखरा पनि भैरहवा सगँ रोमाञ्चक खेल मा ४ बिकेट ले पराजित भएको थियो ।

सोमपाल कामि कप्तान रहेको काठमाडौ किग्स ११ ले आज जारी लिग मा पहिलो खेल खेल्दैछ ।

पुस ७ गते सम्म चल्ने प्रतियोगिता मा देश का विभिन्न कुल ६ वटा फ़्रेन्चाइज टिमहरु सहभागी हुनेछन । जसमा बिराटनगर वारियर्स , काठमाडौँ किंग्स ११ , ललितपुर प्याट्रियट्स, भैरहवा ग्ल्याडीयटर्स, चितवन टाईगर्स र पोखरा राइनोज रहेका छ्न ।

त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुर मा हुने सम्पुर्ण खेल लाई एपिवान टेलिभिजन बाट प्रत्यक्ष हेर्ने सकिने छ भने अनलाईन मार्फत नेपालफ्लिक्स को मोबाईल एप्स बाट संसार भर हेर्न सकिने छ ।

यस्तै खेल हेर्न खेल मैदान जाने दर्शक का लागि
डिजिपे एप्स मार्फत अनलाइन र प्रत्यक्ष मैदान मै गयर टिकेट लिन सकिने ब्यबस्था मिलाईएको छ । जसमा दुई किसिमको टिकट निर्धारण गरिएको छ । पहिलो १ सय रुपैया को जेनेरल टिकट र दोस्रो मा ५० रुपैया को बिद्यार्थी टिकट रहेको छ । बिद्यार्थी परिचय पत्र हुने ले यो सहुलियत सुबिधा प्राप्त गर्नेछ्न ।

प्रतिक्रिया दिनुहोस्