onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बिगब्यास खेल्न सन्दिप अस्टेलिया लागे : राम्रो गर्ने मा बिश्वस्त

मङ्सिर २३ , अनलाईन खेलखबर || काठमाडौ मा जारी एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) का सुरुवाती दुई खेल खेली नेपाली युवा क्रीकेटर सन्दिप लामिछाने आज अस्टेलिया प्रस्थान गर्दैछ्न ।

उनी अस्टेलिया को ठूलो लिग बिगब्यास खेल्न अस्टेलिया प्रस्थान गर्न लागेका हुन । बिग बास आउदो डिसेम्बर १९ देखि फेब्रुअरी १७ सम्म चल्नेछ ।

सन्दिप ले मेलबर्न स्टार्स बाट ‘बिगब्यास खेल्ने छ्न । अस्टेलिया जानु अघि सन्दिप ले जारी ईपिएल मा ललितपुर प्याट्रीएट्स बाट सुरु का दुई खेल खेले ।

सन्दिप को सामाजिक सन्जाल मा पोस्ट

दुई खेल बाट उनले उत्कृष्ट प्रदशन गर्दै ५ बिकेट लिएका थिए । पहिलो खेल मा बिराटनगर विरुद्ध २ बिकेट लिएका सन्दिप ले दोस्रो खेल मा चितवन विरुद्ध ३ बिकेट लिएका थिए ।

सन्दिप अबकेही बेर पछि राती पौने १० बजे सिल्क एअर मार्फत अस्टेलिया प्रस्थान गर्दैछन् ।

अस्टेलिया जानू अघि आज त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुर परिषद मा पत्रकार हरु सगँ आफ्नो भनाई राख्ने क्रम मा उनले बिग बास खेल्न एकदमै उत्साहित भएको र आफ्नो सत प्रतिशत खेल देखाउने मा उनी बिश्वस्त रहेको धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्