onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

रोहित चन्द आवद्ध पसिर्जा जकार्ता ले ईन्डोनेसिया को लिग वान को उपाधी उचाल्दा रोहित लिग को सर्वोत्कृष्ट खेलाडी घोषित

मङ्सिर २३ , अनलाईन खेलखबर || नेपाल का चर्चित फुटबलर रोहित चन्द आवद्ध पसिर्जा जकार्ता ले ईन्डोनेसिया को लिग वान को उपाधी उचालेको छ ।

फोटो – एजेन्सि

आइतबार सम्पन्न खेलमा मित्र कुकारलाई २-१ गोल अन्तरले पराजित गर्दै जाकार्ताले लिग वानको उपाधि जितेको हो ।

टिमलाई लिग को बिजेता बनाउन महत्त्वपूर्ण भुमिका निर्वाह गरेका रोहित लिगको सर्वोत्कृष्ट खेलाडी पनि घोषित भएका थिए ।

उनले सर्बोत्कृष्ट घोषित भएपछी नेपाली झन्डा सहित मन्च मा गएका थिए । ईन्डोनेसिया मा फुटबल निकै नै लोकप्रिय रहेको छ । रोहित यो स्तर को सफलता पाउने नेपाल का एक मात्र फुटबलर हुन ।

ईन्डोनेसिया बाट लगातार ब्याबसाहिक फुटबल खेलेका रोहित ईन्डोनेसिया पनि धेरै चर्चित रहेका छ्न , उनले त्यहाँ पनि ठूलो समर्थक पाएका छ्न ।

प्रतिक्रिया दिनुहोस्