onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

ठूलो लक्ष्य पछ्याएको भैरहवा को सनसनिपुर्ण जित : भैरहवा को जित मा रबि ईन्दर को ठूलो भुमिका

मङ्सिर २३ , अनलाईन खेलखबर || सनिवार देखि त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुर मा जारी एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) अन्तर्गत आज भएको भैरहवा ग्ल्याडीयटर्स र पोखरा राईनोज बिचको खेल मा भैरहवा ४ बिकेट ले बिजयी भएको छ ।

प्रतियोगिता कै हाल सम्म कै सबैभन्दा ठुलो लक्ष्य २ सय १६ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ मा उत्रिएको भैरहवा ले पनि उत्कृष्ट ब्याटिङ गर्न सफल भयो , उत्कृष्ट ब्याटिङ गर्दै टिम ले ठूलो स्कोर लाई पनि पाखा लगाउन सफल भयो । भैरहवा ले बाकी २ बल बाकि रह्दा ६ बिकेट गुमाएर लक्ष्य भेटायो ।

भैरहवा का लागि जितको हिरो बनेका भारत का रबि ईन्दर सिँह ले नाटकिय ईनिग खेल्दै टिम लाई सनसनिपुर्ण जित दिलाए । उनि एकलै ले १२५ रनको पारी खेल्दा त्यो जित का लागि प्रयाप्त हुन पुग्यो । उनले ६० बलको सामना गर्दै ८ चौका र १० छ्क्का प्रहार गरेका थिए ।

यस्तै भैरहवा का लागि आरिफ शेख ले २३ , पुनित मेहरा ले १८ रन , प्रदिप एरि ले १४ रनको योगदान गरेका थिए ।

बलिग तर्फ पोखरा का लागि सुशन भारी, पाउल स्टलिङ र बिक्रम सोब ले समान २/२ बिकेट लिए ।

यसअघि प्रतियोगिता को तेस्रो अर्थात दोस्रो दिनको दोस्रो खेल मा पोखरा राईनोज ले ट्स जितेर पहिले ब्याटिङ गरेको थियो । जसअनुसार पोखरा ले निर्धारित २० ओवर पुरै खेल्दै ५ बिकेट गुमाएर २ सय १५ रन बनाएको थियो ।

ओपनर दुई बिदेशी खेलाडी मय बनेको ईनिग मा ओपनर तथा टिम कप्तान काइल कोएट्जर र दक्षिण अफ्रिका का रिचार्ड लेभी ले सतकिय १०४ रनको साझेदारी गर्दै टिम लाई धेरै राम्रो सुरुवात दिलाएका थिए ।

रिचार्ड ले ३६ बलको सामना गर्दै आक्रमक ब्याटिङ गर्ने क्रम मा ७९ रनको पारी खेलेका थिए । उनले ७ चौका र ७ छ्क्का प्रहार गरे ।

पहिलो बिकेट गुमाएपछि दोस्रो बिकेट का लागि पनि सुनिल धमला र काइल बिच पनि ७२ रनको साझेदारी भएको थियो । काइल ले ४७ रनको योगदान गर्दा सुनिल ले ३८ रनको पारी खेल्दै टिम लाई प्रतियोगिता को हाल सम्मै कै ठूलो स्कोर तर्फ लगेका थिए ।

यस्तै पोखरा का लागि पल कोलिन ले २० र सौरभ खनाल ७ रनमा अबिजित रहे ।

बलिग तर्फ भैरहवा का लागि अबिनास बोहरा , कृण कार्की , पुनित मेहरा र रायन टेन ले समान १/१ बिकेट लिए ।

अब प्रतियोगिता को तेस्रो दिन मा भोलि सोमबार पहिलो खेल मा बिहान ९ बजे पछि चितवन र काठमाडौ बिच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेल १ बजेपछि पोखरा र ललितपुर भिडने छ्न ।

प्रतिक्रिया दिनुहोस्