onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

ईपिएल सुरु : उद्घाटन खेल मा ज्ञानेन्द्र मल्ल को टोलि ललितपुर ले सुरुमा ब्याटिङ गर्दै

मङ्सिर २२ , अनलाईन खेलखबर || घरेलु क्रीकेट प्रतियोगिता को सबैभन्दा चर्चित लिग एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) को उद्घाटन खेल अहिले सुरु भएको छ ।

प्रतियोगिता को उद्गघाट्न खेल मा डिफेन्डिङ च्याम्पियन बिराटनगर ले ज्ञानेन्द्र मल्लको कप्तानि मा रहेको ललितपुर को सामना गरिरहेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुर मा आज टस जितेर अहिले ललितपुर ले ब्याटिङ गरिरहेको छ ।

करिव १५ दिन सम्म चल्ने प्रतियोगिता मा देश का विभिन्न कुल ६ वटा फ़्रेन्चाइज टिमहरु सहभागी हुनेछन । जसमा बिराटनगर वारियर्स , काठमाडौँ किंग्स ११ , ललितपुर प्याट्रियट्स, भैरहवा ग्ल्याडीयटर्स, चितवन टाईगर्स र पोखरा राइनोज रहेका छ्न ।

त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुर मा हुने सम्पुर्ण खेल लाई एपिवान टेलिभिजन बाट प्रत्यक्ष हेर्ने सकिने छ भने अनलाईन मार्फत नेपालफ्लिक्स को मोबाईल एप्स बाट संसार भर हेर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्